कैलाली। कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनः निर्माणको कार्य थालिएको छ।सुदूर पश्चिम प्रदेशको प्रवेशद्वारका रुपमा रहेको कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनस् निर्माण कार्यको शुभारम्भ गरिएको हो।
पहिला राजा महेन्द्रको शालिक रहेकै स्थानमा स्थानीयहरूको उपस्थितमा मंगलबार पूजा आजा गरेर शालिक निर्माणको काम थालिएको हो। राजा महेन्द्रको शालिक पुनः निर्माण समितिका अध्यक्षसमेत रहेका स्थानीय हरि भट्टराईले पुरोहितको उपस्थितिमा पूजा आजा गरेर शालिक निर्माणको शुभारम्भ गरेका हुन्।
२०६२/०६३ को अन्दोलनको क्रममा अत्तरिया चोकमा रहेको राजा महेन्द्रको शालिक तोडफोडपछि उक्त स्थान खाली रहेको थियो। अत्तरिया चोकको बिच भागमा पुनस् ६ फिटको स्व. राजा महेन्द्रको शालिक राखिने समितिका अध्यक्ष भट्टराईले बताए।