धनगढी। नेपाल भारत मैत्री सङ्घ केन्द्रीय कार्यालयले कैलालीको टिकापुरका बाढी पिडित राहात सामाग्री बितरण गरेको छ । अविरल वर्षाले प्रभावित भएका टीकापुर नगरपालिका ८ का ५० घर परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री बितरण गरिएको नेपाल भारत मैत्री संघका केन्द्रीय सदस्य जागृती बोगटीले जानकारी दिइन्। धनसिंहपुरका ५० घर परिवार अन्तरगत प्रती परिवारलाई २५ केजी चामल, २ केजी दाल, १ लिटर खाने तेल, १ पाकेट मसला समुदायमै पुगेर टीकापुर नगरपालिका ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाको रोहवरमा बितरण गरिएको नेपाल भारत मैत्री संघका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस नेपाल महिलासंघ नगरसभापति बोगटीले जानकारी दिइन्।
नेपाल भारत मैत्री संघका केन्द्रीय सह अध्यक्ष सलेन्द्र झाको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष तुलबहादुर साउँद, प्रदेश उपाध्यक्ष हरिशंकर ठाकुर, महासचिब बोधकृष्ण सुवेदी, केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस नेपाल महिलासंघ नगरसभापति जागृती बोगटी, आजिवन सदस्य पुष्कर अवस्थीको उपस्थिति रहेको थियो । नेपाल भारत मैत्री संघले हिजो (सोमबार)मात्रै कञ्चनपुरका १७४ परिवारलाई राहत सामाग्री बितरण गरेको थियो । संघले हिजो (सोमबार) कञ्चनपुरका १सय ७४ परिवारलाई राहत सामाग्री बितरण गरेको थियो ।
नेपाल भारत मैत्री संघद्धारा कैलालीको टीकापुर ८ का ५० घर परिवारलाई राहत वितरण
नेपाल भारत मैत्री संघद्धारा कैलालीको टीकापुर ८ का ५० घर परिवारलाई राहत वितरण

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु