धनगढी। नेकपा एमाले धनगढी उपमहानगरपालिकाको अध्यक्षमा रामचन्द्र जोशी सर्वसम्मत चयन भएका छन्। मंगलबार सम्पन्न नगर कमिटीको प्रथम अधिवेशनबाट जोशीको अध्यक्षतामा ८५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको नेकपा एमालेले जनाएको छ।
यस्तै नगर कमिटीको उपाध्यक्षमा जगदीश चौधरी, सचिवमा प्रेम महरा, उपसचिवमा झुम अधिकारी र दिप्ती शाही सर्वसम्मत चयन भएका छन्। निर्वाचित भएका पदाधिकारीलाई सुदूरपश्चिम प्रदेशका इञ्चार्च लेखराज भट्टले सपथ गराएका थिए। सोमबारदेखि सुरू भएको एमाले धनगढी उपमहानगरपालिकाको प्रथम अधिवेशन विभिन्न पदका उम्मेदवारबीच आपसी सहमती जुटाउनमा ढिलाई हुदा मंगलबारसम्म चलेको थियो।
४२ वर्षीष जोशीले २०५४ सालदेखि अनेरास्ववियुबाट नेकपा एमालेको विद्यार्थी राजजीति सुरू गरेका थिए। २०५७ सालमा बाजुराको बाह्रविस गाउँ कमिटी उपाध्यक्ष भएका जोशीले इलाका कमिटि उपाध्यक्ष भएर काम गरिसकेका छन्।२०७२ सालमा धनगढी बसाइँसराइँ गरेर आएपछि दुई कार्यकाल सचिवालय सदस्य र एक कार्यकाल नगर कमिटि सदस्य र एक कार्यकाल अध्यक्ष भएर करिब तीन महिना काम गरेको अनुभव उनीसँग छ ।