कञ्चनपुर । कञ्चनपुरको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छिन्। कञ्चनपुरको भिमदत्त नगरपालिका–४ महेन्द्रनगरको २ नम्बर गल्लीमा रहेको क्लासिक होटल एण्ड रेष्टुरेन्टमा आज युवती मृत अवस्थामा फेला परेकी हुन्।
मुगुको फल्याड गाउँपालिका–९ की ती युवती विगत १ वर्षदेखि उक्त होटलमा कार्यरत थिइन्। ४ वर्षीया छोरीसँगै बस्दै आएकी उनको शव होटेलको कोठामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । युवतीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


