धनगढी। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। हिन्दु नेपालीहरुको पर्व तिहार नजिकिएसंगै बजारमा चहलपहल बढ्न थालेको छ ।
धनगढी बजारमा पनी तिहारका लागी आवश्यक पर्ने सरसामानको किनमेल गर्नेहरुको चहलपहल बढ्न थालेको छ। त्यही भएर पनी धनगढी चौराहा,मेनरोड पार्कमोड,एलएनचोक क्याम्परोड लगायतका मुख्य चोकमा राखीएका पसलहरुमा फुलमाला, सप्तरंगी टीका, दीपावलीको तस्वीर, झिलीमिली बत्ती, दियो कलस, भाँडा लगायत बिभिन्न र सामानको किनमेल गर्नेहरुको चहलपहल बढेको हो ।
काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको छ भने यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।नेपालीहरुको चाड शुभदिपावली तथा तिहारको सुरुहुनु अघि नै धनगढीका ब्यवसायीले मुख्य बजार क्षेत्र तथा चोक चोकमा पसल नै थापेर तिहारका लागी आवश्यक पर्ने सामाग्रीहरुको बिक्री बितरण गरिरहेका छन्।
ब्यवसायीले भने बजारमा सर्बसाधारणहरुको चहलपहल बढेपनी कोरोना संक्रमणका कारण पछिल्लो बर्षहरुमा ब्यवसायीक कारोबार भने नभएको बताएका छन् । ग्राहकका लागी बस्तु अनुसार तिहारका लागी सामानहरु राखीएको उनीहरुले बताएका छन् । तिहारको बेला ढाका टोपी, झिलिमिली बत्ती, भाइमसला, लत्ताकपडा, सप्तरंगी टीका लगायतको व्यापार हुने व्यवसायीहरु बताएका छन् ।








