धनगढी : बाढी पहिरोमा परी बिस्तापित भएका परिवारलाई सुदूरपश्चिम सरकारले भोली सनिबार राहत बाँड्ने भएको छ । हेलिकप्टर मार्फट राहत सामग्री लिएर सम्बन्धित जिल्लामा जाने सरकारले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका ७ जिल्ला बाढी तथा पहिरोबाट प्रभावित भएका छन् । यी जिल्लाहरुमा प्रदेश सरकारबाट राहत सामग्री लिएर जाने सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले बताइन् । सनिबार सबै क्षेत्रमा पुगेर बढी समस्यामा परेको बर्गलाई राहत उपलब्ध गराउने मन्त्री जोशीले बताइन् । कुन ठाउँमा के आवश्यक छ तथ्याकं संकलन गरिसकेको बताउँदै मन्त्री जोशीले भोली बिहान राहत लिएर जाने बताइन् ।
एकद्घार प्रणालीबाट राहत वितरणका लागी मन्त्री जोशीले यहाँ कार्यरत गैर सरकारी संस्थाका प्रतिनिधीहरुसंग समेत छलफल गरेकी छिन् । आ आफ्नो तरिकाले राहत बाँड्दा कसैले पटक पटक पाउने र कसैले एक पटकपनि नपाउने समस्या निम्तिरहेको भन्दै मन्त्री जोशीले सरकारसंग सहकार्य गरेर मात्रै राहत वितरण गर्नुपर्नेमा जोड दिइन् ।
गैर सरकारी संस्था तथा निजि क्षेत्र आ आफ्नो तरिकाले राहत बाँड्दा त्यहाँ सरकारको उपस्थितीपनि नदेखिने संस्थाले बाँडेको राहतलेनै पर्याप्त नपुग्ने हुँदा एकद्वार प्रणालीबाट राहत बाँड्नका लागी छलफल गरेको उनले बताइन् ।
वास्तविक पिडितले राहत पाउनुपर्छ नी टाठा बाँठाले पटक पटक पाउने सोझो पिडितले एक पटकपनि नपाउने घटना देरै सुनिएका छन् ति घटना यसपालि हुन नदिन मैले छलफल गरेकी हुँ मन्त्री जोशीले भनिन् ‘अब सरकारसंग सहकार्य गरेर मात्रै राहत उपलब्ध गराउनुपर्छ मैले भनेकी छु रेडक्रसले राहत दिन्छ भने हामी जनतालाई रेडक्रसलेनै दिएको हो भन्छौँ अन्य जुन संस्थाले हामीलाई राहत सामग्री उपलब्ध गराउनुभएको छ हामी प्रस्ट जनतालाई भनिदिन्छौँ मात्र एकद्वार प्रणाली भए सबैले पाउने र सहजपनि हुने भएकाले मैले आग्रह गरेकी हुँ ।’ उनले भनिन् ‘हामी भोली बिहान ११ बजेतिर राहत सामग्री लिएर बढी प्रभावित भएका क्षेत्रमा जान्छौँ त्यसै अनुसार अन्य कार्यक्रम तय हुन्छन् ।’