धनगढी : आइतबारदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिममा ३ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै ६ जनाको घर भत्किएको भने, वर्षाकै कारण पहाडी ७ जिल्लामै विद्युत तथा सञ्चार सेवा अवरुद्ध बनेको छ । २ दिनदेखि भइरहेको वर्षाका कारण तराईका २ जिल्ला डुबानमा परेका छन् । भने नदी तटिय क्षेत्रमा बढी पसेर त्यहाँका बासिन्दाको बिचल्ली भएको छ । कैलाली, कञ्चनपुर, डोटी तथा बैतडीका केही मानिसहरु नदीमा फसेका छन् उनिहरुको उद्धार भइरहेको छ ।
गत आइतबार साँझदेखी लगातार भइरहेको बर्षाले सुदूरपश्चिममा ठुलो जनधनको क्षती भएको छ । हालसम्म सुदूरपश्चिममा ३ जनाले ज्यान गुमाइरहेका छन्, भने यहाँका बासिन्दाले भौतिक क्षती निकै ब्यहोर्नु परेको छ । प्रदेश प्रहरीका अनुसार मंगलबार दिउँसोसम्म डोटीका २ र डडेल्धुराका १ गरी ३ जनाको मृत्यु भइसकेको छ भने डडेल्धुराका २ जना घाइते भएका छन् । यस्तै प्रदेशभरी ७ जना बेपत्ता भएका छन् । पहिरोका कारण सोमबार साँझबाट कैलालीमा पर्ने भाशु भिर नजिकै पहिरो जाँदा भिमदत्त राजमार्ग अवरुद्ध भएको छ, सो सडक सञ्चालनका लागी जेसिबिले पहिरो पन्छ्याइसकेको सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
यस्तै कर्णाली नदिमा पानिको बहाव निकै उच्च रहेको छ । कैलालीकै मोहन्यालमा ठुलिगाडको दोभानमा दुई जना श्रीमान श्रीमती फसेका छन् । उहाँहरुको उद्धारका लागी हेलिकाप्टर आइसकेपनि मौसम खराबीका कारण उद्धार गर्न सकिएको छैन । कर्णालीमा पानीको सतह उच्च पुगेको छ, खतरा भन्दा बढी पानीको बहाब पुगेसंगै रानिजमरा कुलरिया सिचाई आयोजनाको इन्टेक फुटाएर पानी नहरमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए । सो पानीले जानकी गाउँपालिका र टिकापुर नगरपालिकामा क्षती पु¥याउन सक्ने उनले बताए ।
दुइवटा स्थानिय तहमा बढी क्षती हुनसक्छ भनेर हामीले सुरक्षा निकायलाई त्यहाँ जान निर्देशन दिइसकृका छौँ उनले भने ‘त्यहाँका जनप्रतिनिधि समेत फिल्डमै खटिएको जानकारी हामीले पाएका छौँ फसेकाहरुको उद्धार र क्षती हुनसक्ने ठाउँबाट सुरक्षित स्थानमा सार्न हामी लागेका छौँ ।’ नदीमा फसेकाहरुको उद्धारका लागी हेलिकप्टर मगाएपनि मौसम खराबीका कारण हेलिकप्टर त्यहाँ जान नसकेको जोशीले बताए ।
यस्तै सेती नदीमा आएको बाढीमा बैतडीका ६० जना फसेका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ५ को ढुङ्गाडमा सेती नदीको छेउकै बस्तीमा बस्दै आएका १० परिवारका ६० जना फसेको हुन् । बस्तीको चारतिर नदी बगिरहेको र बीचमा ६० जना फसेका हुन् । बर्षातकै कारण सुदूरपश्चिमका पहाडी ७ जिल्लाको बिधुत तथा टेलिफोन सेवा अवरुद्ध भएको छ ।
महाकाली नदीमा फसेका ५ जनाको उद्धारका लागी आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी आफै त्यहाँ पुगेकी छिन् । प्रदेश सरकारकै पहलमा सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर नदीमा फसेकाहरुको उद्धारका लागी तयार भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी लक्ष्मी प्रशाद जोशीले बताए ।
बाढी तथा पहिरोमा परेकाहरुको उद्धारका लागी समेत शुरक्षाकर्मी खटाइएको जनाइएको छ । पिडितहरुलाई राहत उपलब्ध गराउन केही रकम हामीले शजेटमै समावेश गरेर सबै जिल्ला प्रशासनको बिपद कोषमालाई उपलब्ध गराइसकेका छौँ उनले भने ‘सो रकम अपुग भए प्रदेश सरकारले थप उपलब्ध गराउने छ, हाललाई सबै जिल्लाको अवस्था बुझिरहेका छौँ सबै क्षेत्रको तथ्याकं समयमै आउन कठिन छ बिधुत सेवा अवरुद्ध छ, टेलिफोन सेवा अवरुद्ध छ तैपनि हामी प्रयासमा छौँ ।’
देशभर बर्षात भइरहेपनि सुदूरपश्चिम प्रदेशमा बढी बर्षा भइरहेको छ । महाकाली तथा सेतीमा समेत पानीको निकै बहाब बढेपनि सारदा ब्यारेज र सेती नदी पुलमा आवागमन बन्द गरिएको छ । बर्षातले थप क्षती गर्न सक्ने अनुमान गर्दै सरकारले सतर्क रहन र सम्बन्धित सबैलाई सहयोगका लागी समेत अपिल गरेको छ ।