धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ।
प्रहरीका अनुसार अत्तरिया नजिक से६प ६७७३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका (१२ का २६ वर्षीय करन कुँवर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
उनलाई पद्मा अस्पतालले सेती प्रादेशिक अस्पताल र सेतीले निसर्ग अस्पताल रिफर गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ। मोटरसाइकल चालक धनगढी १२ कै २२ वर्षीय राम साउँदको पद्मा अस्पतालमा उपचार गरिएको बताइएको छ।