धनगढी : भारतले अतिक्रमण गरेको भूभागमा जनगणना नहुने संकेत देखिएको छ । शुरक्षाकर्मीको उपस्थिती भएको ठाउँसम्म मात्रै जनगणना गर्न सकिने जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले बताएका छन्। गणक र सुपरीवेक्षकहरु प्रशासनको उपस्थिती भएको ठाउँसम्म मात्रै जान सक्ने भएकाले प्रशासनको उपस्थिति नभएको क्षेत्रमा जनगणना नहुने उनले बताए।
जनगणना कार्यालयले भने अनुसार अतिक्रमित भुमी दार्चुलाका तीन गाउँ कुटी, नाभी र गुञ्जीका झण्डै एक हजार नेपाली, नेपालको जनसंख्यामा नअटाउने भएका छहुन् । ६० वर्षदेखि जनगणना हुन नसक्दा तीन गाउँका नेपाली, नेपालको जनसंख्यामा अटाउन सकेका छैनन् भने यो वर्ष पनि सो क्षेत्रमा जनगणना नहुने भएको हो। २०१८ सालमा ती गाउँमा जनगणना गरिएको भएपनि त्यसपछिका कुनै पनि जनगणनामा त्यहाँको जनसंख्या समावेश गरिएको थिएन्।