डडेल्धुरा। दशैँको चहलपहल सुरु भएसंगै डडेल्धुरामा ओखरको व्यापारले राम्रो बजार पाएको छ । डडेल्धुरामा पर्याप्त मात्रामा ओखर नपाईने भएपनि यहाँका व्यापारीहरुले पहाडी जिल्ला दार्चुलाबाट ओखर खरिद गरि बिक्रि गरिरहेका छन ।
अमरगढी नगरपालिका –१ स्याउले बजारमा पसलै पिच्छे ओखरका ठेलाहरु राखेर महिलाहरुले राम्रो आम्दानी गरिरहेका स्थानीय खेमबहादुर साउदले बताए । अहिले दशैँ तिहारको समय भएकाले ओखरको व्यापारबाट राम्रो आम्दानी गरिरहेको उनले बताए। दार्चुलाका विभिन्न क्षेत्रमा गएर प्रतिदाना २ रुपँयादेखि ५ रुपँयासम्ममा खरिद गरि प्रतिकेजी ६ सयदेखी ७ सय सम्ममा विक्रि गर्ने गरेको ओखर व्यवसायीहरुले बताउँने गरेका छन।
सुदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, अछाम, डडेल्धुरा, बझाङ, बैतडी जिल्लाका व्यक्तिहरुले स्याउलेबाट ओखर किनेर लैजाने गरेको ओखर व्यवसायी गौमति दियालले बताइन। सामान्यतया दैनिक ३ देखी ७ किलोग्रामसम्म बिक्रि हुने भएपनि अहिले दशैँको समय भएकोले दैनिक ५ देखि १० किलोग्राम भन्दा बढी ओखर बिक्रि हुदै आएको छ ।