धनगढी : यातायात ब्यवस्था बिभागले २९ बर्षपछि यातायात ब्यवस्था ऐन लागु गर्ने निर्णय गरेसंगै सुदूरपश्चिममापनि सो निर्णय लागु भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र सुदूरपश्चिममा पनि वितरण शुरु भएको हो । सो चालक अनुमतीपत्र वितरण शुरु भए संगै १ बर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यतापनि अन्त भएको छ ।
यातायात ब्यवस्था बिभागले यातायात ब्यवस्था ऐन लागु गरेसंगै सुदूरपश्चिममापनि परीक्षणकालीन सवारी चालक अनुमतीपत्र वितरण शुरु भएको छ । आज एक कार्यक्रमका बिच प्रदेशकी भौतिक पुर्वाधार बिकास राज्य मन्त्री चुनकुमारी चौधरीले परीक्षणकालीन सवारी चालक अनुमतीपत्र वितरण कार्यको शुभारम्भ गरेकी हुन् ।
परीक्षणकालीन सवारी चालक अनुमतीपत्रको सुभारम्भ गर्दै राज्यमन्त्री चौधरीले अब चिट बोक्नुपर्ने बाध्यताको अन्त्य भएको बताइन् ।
बाटोमा चेकिङ हुने र त्यसका लागी चिट बोक्नुपर्ने थियो राज्यमन्त्री चौधरीले भनिन् ‘पानीले भिज्ने, हराउने झन्जटबाट मुक्ती पाइएको छ, यसमा प्रदेश सरकारले पुर्ण सहयोग गरेको छ ।’
१ बर्ष म्याद भएको सो अनुमतीपत्र क्यु आर प्रबिधिबाट जाँच गर्न मिल्ने जनाइएको छ । लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिन शुरु गरिएको हो । सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतीपत्र वितरण भएदेखी अनुमती पत्रका लागी १ बर्षसम्म कुनुपर्ने बाध्यता थियो । अब परिक्षणकालिन अनुमतीपत्र वितरण शुरु भएसंगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ ।
ऐनले नै परीक्षा पास गरेलगत्तै लाइसेन्स दिन नमिल्ने व्यवस्था गरेको भएपनि बिचमा करिब ३० बर्ष परीक्षणकालीन लाइसेन्स वितरण बन्द गरिएको थियो । चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गरिएको जनाइएको छ । यातायात ब्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले सवारी तथा यातायात व्यवस्था ऐन, चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा उत्तीर्ण भएकालाई लाइसेन्स दिने व्यवस्था गरेको बताए ।
परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरेको उनले बताए । १ बर्षे अवधीभर ५ वटा गल्ती गरेमा लाइसेन्सनै खारेज हुने ब्यवस्था गरिएको शाहले बताए । अब लाइसेन्सको परिक्षा पास गरेको १ सातामै परिक्षणकालिन अनुमतीपत्र लिन सकिने यातायात कार्यालयको दावी छ ।