धनगढी। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप १७ जनामा संक्रमण पुष्टी भएको पाइएको छ।
मंगलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८६ जनाको नमुना परिक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टी भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । यस्तै ६९ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ ।
उनका अनुसार ५ जना बिरामी अस्पतालमा भर्ना भएका छन्। हाल अस्पतालमा १३जना कोरोना संक्रमति बिरामीको उपचार भैरहेको छ । यस्तै आइसियुमा ४ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा १ जना निको भएर घर फकिएको अस्पतालले जनाएको छ ।