कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा सोमबार साँझ सु.प.प्र. ०२००३ प. २३१७ नम्बरको मोटरसाइकल र म. १ प. ६६८५ नम्बरको मोटरसाइकल एकापसमा ठोकिँदा दुई जना घाइते भएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।
दुवै जना घाइतेहरूलाई उपचारको लागि धनगढी पठाइएको छ। प्रहरीले दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा परी लोक राज भट्टको कम्मर र खुट्टामा चोट लागेको छ। त्यस्तै म. १ प. ६६८५ नम्बरको मोटरसाइकल चालकको पहिचान खुल्न सकेको छैन। उनको टाउकोमा गम्भिर चोट लागेको प्रहरी जनाएको छ।