धनगढी। संविधान दिवसको अवसरमा नेपाली सेनाद्वारा धनगढीको शिवपुरी धाममा वृक्षारोपण गरेको छ । संविधान दिवसको अवसरमा नेपाली सेनाको ७ नम्बर युद्ध कवच गुल्म बोराडाडीले शिवपुरी धाममा वृक्षारोपण गरेको हो।
सेनाको ७ नम्बर युद्ध कवच गुल्म बोराडाडीको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शिवपुरी धाममा वृक्षारोपण गरिएको नेपाली सेनाले जनाएको छ। वृक्षारोपण कार्यक्रममा ७ नम्बर युद्ध कवच गुल्मका गुल्मपति मेजर रगेन थापा मगर, प्रदेश युवा परिषद सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवर, निर्माण व्यवसायी लक्ष्मण साउद, बैकर चन्द्र साउद, धनगढी उपमहानगरपालीकाका मेयर नृप बहादुर वड तथा जनप्रतिनिधि लगायतका व्यक्तीहरुको सहभागिता रहेको थियो । आज संविधान दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरी मनाइएको छ ।