धनगढी : कृषी र पर्यटन क्षेत्रमा बिशिष्ट योगदान पु¥याएको भन्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवर सम्मानित भएका छन् । काठमाण्डौँमा आयोजित एक कार्यक्रममा उनलाई फोकस नेपालले सम्मान गरेको हो ।
बिश्वब्यापी कोभिड प्रभावमा उर्जा क्षेत्र चुनौती र अवशरहरु बिषयक गोष्ठीको आयोजनामा उनलाई सम्मान गरिएको हो । पर्यटन र कृषी क्षेत्रको बिकासमा बिगतबाटै सक्रिय रहेका कुँवर सम्मानित भएपछि झन जिम्मेवारी थपिएको बताउँछन् । आफुले गरिरहेको काममा फोकस नेपालले उर्जा थप्दै झन जिम्मेवारी थपेको उनले बताए । फोकस नेपाललाई सम्मान गरेकोमा उनले धन्यबाद ब्यक्त गरेका छन् ।