हिरो कम्पनिको एक्सटीम मोटरसाइकल नयाँ मोडेल र प्लेजर स्कुटी धनगढीमा बिक्रि शुरु भएको छ । सुदूरपश्चिमकै लागी हिरोको आधिकारिक बिक्रेता विशेष अटोमोबाइल्स प्रालिले एक कार्यक्रम गर्दै मोटरसाइकल र स्कुटी बिक्रि शुरु गरेको घोषणा गरेको हो ।
एबिएस १ सय ६० सिसि रहेको एक्सटीम मोटरसाइकलको नयाँ मोडलको नेपाली मुल्य ३ लाख ४२ हजार ५ सय रहेको विशेष अटोमोबाइल्स प्रालिका प्रबन्धक निर्देशक पुस्कर ओझाले बताए । यस्तै आजै बाट बिक्रि शुरु गरेको प्लेजर प्लस स्पेसल एडिसन १ सय १० सिसिको स्कुटीपनि बिक्रि शुरु भएको छ । यसको मुल्य १ लाख ९९ हजार ५ सय रुपयाँ रहेको छ ।
यस्तै हिरोले कोरोना भाइरस विरुद्धको खोप लगाउन नाम दर्ता गरेर दर्ता नम्बर ल्याएमा स्कुटर र मोटरसाइकल सर्भिसिङ्ग निःशुल्क गर्ने जनाएको छ । हिरो मोटरसाइकलको अधिकृत विक्रेता विशेष अटोमोबाइल्स प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम ल्याएको हो ।
जसअन्तरगत कुनैपनि व्यक्तिले कोरोना भाइरस विरुद्धको खोप लगाउन आफ्नो नाम दर्ता गरेर दर्ता नम्बर ल्याउनु पर्नेछ। उक्त दर्ता नम्बर हेरेर एक थान निःशुल्क हिरो मोटरसाइकल र स्कुटर सर्भिसिङ्ग गरिने विशेष अटोमोबाइल्स प्रालिका प्रबन्ध निर्देशक ओझाले बताए । उनले खोप लगाएको कार्ड ल्याएमा २ थान निःशुल्क फ्रि सर्भिस कुपन समेत प्रदान गरिने बताए ।
धनगढी उपमहानगरपालिकालाई शतप्रतिशत खोप लगाउने वातावरण सिर्जना गर्ने अभियान अन्तर्गत कम्पनीले यसप्रकारको योजना ल्याएर आफ्नो सामाजिक उत्तरदायित्व निर्वाहमा महत्वपूर्ण भुमिका खेलेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।
नयाँ मोडेलको स्कुटर तथा मोटरसाइकल सार्वजनिक उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले खोपप्रति सर्वसाधारणको विश्वास र जनचेतना फैलाउन प्रालिले खेलेको भूमिका आफैमा महत्वपूर्ण भएको बताए ।