धनगढी : अन्तराष्ट्रिय साक्षरता दिवशको अवशरमा धनगढीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धनगढी उप महानगरपालिका ८, सामाजिक बिकास मन्त्रालयको आयोजना तथा एल सि ई नेपाल र पिसवीन शान्तिदिपको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
सर्वसुलभ शिक्षा अधिकारको सुनिश्चितता, बिपदमा प्रबिधि लगायतका बिकल्पको उपयोगिता भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अहिलेको कोरोना महामारी जस्ता बिपदका बेला प्रबिधिमैत्री शिक्षा कसरी दिन सकिन्छ भन्ने बिषयमा छलफलका लागी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको पिवीनका कार्यक्रम संयोजक जुद्ध बहादूर रावलले बताए ।
रुखको छहरिमा, कुटिमा देखि कक्षा पछि प्राविधि शिक्षा सम्म पुगिसकेपनि कोरोना जस्तै फेरि बिपद पनि आउन सक्ने उनको भनाई थियो । उनले अबको ३० बर्ष पछि को अवस्था के हुने त यो परिकल्पना राखेर हामिले छलफल अन्तरक्रिया आयोजना गरेको बताए ।
धनगढी उप महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष नारायण बरालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा धनगढी नमुना माध्यमिक बिद्यालयका अध्यक्ष उपेन्द्रराज जोशी प्रमुख अतिथी रहेका थिए । धनगढी नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक लक्ष्मण दत्त भट्ट, रेडक्रस सोसाइटी उपसाखा १ धनगढी सभापति धर्मराज जोशी लगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन धनगढी युवा क्लवका अध्यक्ष मोहन राज ओझाले गरेका थिए ।