धनगढी। आइतबार कैलाली बहुमुखी क्याम्पसमा बीएएलएलबी प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुले क्याम्पस प्रसासनमा तालाबन्दी गरेका छन् । उनीहरुले बीएएलएलबी प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुका मागहरु प्रति सुदूरपश्चिम विश्वबिद्यालय गम्भिर नहुदा आइतबार तालाबन्दी गरेका हुन् ।
विद्यार्थीहरुले बुधवारमात्रै तिन बुदे माग राख्दै ३ दिनको अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएका थिए । तर ज्ञापन पत्र बुझाएपनी क्यामपस प्रसासनले बेवास्ता गरेको भन्दै आज बिद्यार्थीहरु बाध्य भएर तालाबन्दी गर्न बाध्य भएका हुन् । उनीहरुले तिन ओटा बुदाहरुमा बीएएलएलबीको परीक्षामा नेपाली र अंग्रजीमध्ये भाषा छान्न पाउनुपर्ने , अनलाईन परिक्षा सञ्चालन गर्नुपर्ने , सेमेस्टारको परिक्षा सानुपर्ने, चाडो भन्दा चाडो सबै पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने र परीक्षा सञ्चालन गराउनु भन्दा अगाडी एक महिना भौतिक रुपमा कक्षा सञ्चालन गर्नुपर्ने मागहरु राखेका थिए ।
तर सो मागहरुमा विश्वबिद्यालय गम्भिर नहुँदा आइतवार कैलाली क्याम्पसमा ताला लगाईएको हो। क्याम्पसका बीएएलएलबी प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरुले विगत तिन महिना देखिनै बिषयहरुमा क्याम्पस प्रमुख र संकाय प्रमुखसंग माग गर्दै आएका थिए । तर ति कुराहरुमा क्याम्पसबाट कुनै सुनुवाई नहुँदा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।
भाषाका विषयमा किन उत्रिए आन्दोलनमा विद्यार्थी
पहिलो पटक बिश्वविद्यालय र कैलाली क्याम्पसमा ५ बर्षे कानुन पढाई भइरहेको छ । सुदूरपश्चिम विश्वबिद्यालयमा पहिलो पटक कानुन विषयमा पढाइ सुरु हुँदा यहाँका कानुन विषयमा आफ्नो भविष्य खोज्ने विद्यार्थीहरु र अभिभावक हर्षीत छन् । कैलाली क्याम्पस र विश्वबिद्यालयको केन्द्रिय क्याम्पसमा अहिले ४८/४८ जनाको कोटामा रहेको छ । र सोही अनुसार पढाई भइरहेको छ । पहिलो पटक यो संकायमा पढाई सुरु भएकै बेला दोस्रो लहरको कोरोना महामारी सुरु हुदा कक्षाहरु अनलाईनबाट सञ्चालनमा आए ।
गत बैशाखमा कक्षा सञ्चालन भएका थिए । “केही दिन भौतिकरुपमा कक्षा सञ्चालन भएपनि कोरोना महामारी बढ्दै गएपछि कक्षाहरु अनलाईन माध्यमबाट सुरु भए । कक्षा सञ्चालन भएपनि त्यी कक्षाहरु खासैप्रभावकारी भने हुन सकेनन् । अधिकांस विद्यार्थीहरु र केही शिक्षकहरुलाई कोरोना देखिदा झनै क्यालहरु प्रभावीत भए । सवैले कक्षा नियमित लिन पाएनन् । धेरै जसो विद्यार्थी नेटको समस्याले पनि कक्षा लिन पाएनन् ।” कैलाली क्याम्पसमा कानुन विषयमा अध्ययनरत तेज जंग मल्लले भने ।
कक्षा सञ्चालन गराउँदा सो संकायमा पढाउने सवैजसो सरले नेपाली भाषामा पनि लेख्न पाईने भनेको बताउँदै मल्लले भने “तर विश्वबिद्यालयबाट परिक्षाको मुखमा आएर एकाएक नेपाली भाषामा लेख्नै नपाउँने भन्दै खवर गरेको कुरा क्याम्पस प्रमुखलाई जानकारी आएको भन्दै प्रमुख प्राडा धर्मराज उपाध्याय भनेका थिए । त्यसपछि विद्यार्थीहरुले त्यो कुराको विरोध गर्दै लिखित र मौखिक क्याम्पसलाई परिक्षामा लेख्ने भाषा विद्यार्थीले रोज्न पाउँनुपर्ने माग राख्यौ । भने नियमीत र अनलाईनबाट प्रभाकारी नभएको भन्दै कम्तीमा एक महिना भौतिकरुपमा कक्षा गरेर मात्रै अनलाईन बाट परिक्षा लिनुपर्ने माग राख्यौ ।
यतिमात्र हैन् विश्वबिद्यालयका उपकुलपती अम्मराज जोशीसंगै यि माग प्रत्यक्ष भेटेरै सवै विद्यार्थीले कुरा राख्यौ । तर उहाँ सकरात्मक हुनुभएन् । त्यसपछि लिखित रुपमै तिन दिने अल्तिमेटम समेद दिएर माग गरौं त्यसपछि उपकुलपती जोशीसरले कैलाली क्याम्पसका सरहरुलाई गर्न नसकिने बताएको कुरा क्याम्पस प्रमुखले हामीलाई जानकारी दिनुभयो । त्यसपछि हामी आइतवार क्याम्पस प्रमुखसंग तिन घण्टा सम्म बस्दा पनी कुनै निस्कर्ष ननिस्ने पछि ताला बन्दी गर्न बाध्य भयौं । ” सो संकायमा पढाउने प्राध्यापक , क्याम्पस र विश्वबिद्यालयको उचित समुन्वय नहुँदा विद्यार्थीहरुलाई भाषाको कुरामा समस्या आएको मल्ल बताउँछन् ।
यस्तै सोही संकायमा अध्ययनरत पारस कठायतले सुरुबाट केही बिषयहरु नेपाली माध्यमबाट पढाई भईरहेका र एक्कासी परिक्षा अंग्रेजीमा दिनुपर्ने भन्दा आफुहरु आन्दोलित भएको उनले बताए । सरहरुबाटै नेपालीमा लेख्न पाउँने भनेर हामीलाई जानकारी गराईयो सोही अनुसार आफुहरु तयारीमा लागौं तर अहिले आएर अंग्रेजीमा अनीवार्य लेख्न पाउँनुपर्ने भनेपछी समस्या आएको उनको भनाई छ । यस्तै सोही क्याम्पसमा अध्ययनरत देवराज अवस्थी र गणेस जोशीको भनाई पनी उस्तै छ । क्याम्पस र विश्वबिद्यालय आफुहरुको भविष्यप्रती गम्भिर नहुँदा क्याम्पसमा ताला लगाईको उनीहरुले बताए ।
यस्तो छ भाषा बाहेकका मागप्रति विद्यार्थीको भनाई
विश्वबिद्यालयको क्यालेन्डर अनुसार परिक्षा अवको १५/२० पछि सञ्चालन हुँदै छ । असोज ७ गतेसम्म डबल जस्तुर सहित परिक्षाको फर्म भर्ने मिती तोकीएको छ । भने विश्वबिद्यालयले जसरी पनी भौतिक उपस्थितिमै फुलपातीको दिनसम्म स्नातक पहिलो वर्षका सवै परिक्षा सम्पन्न गर्ने रणनितीमा रहेको बुझिएको छ ।
यदि यसो हुँदा विद्यार्थीहरु प्रत्यक्ष मर्कामा पर्ने बताउँछन् । विद्यार्थी निसा कठायतले हालसम्म अनलाईन बाट पढाई भएको र परिक्षा पनी अनलाईनबाट ह्ुनुपर्ने बताईन् । विद्यार्थी मनोज पुनमगरले क्यालेन्डर अनुसार पढाई नभएकाले परिक्षाको मिती पनि सारिनुपर्ने माग राखे । बीए एलएलबीमा पढाई सञ्चालन भएको पाँच महिना पुग्दा सम्म पाठ्यपुस्तक समेत नपाएको उनले बताए ।
यहाँका स्थानीय बजारमा कितावहरु नपाइने र कलेजलाई छिटो सवै पाठ्यपुस्तक उपलब्ध गराउँन माग राख्दा समेत कुनै सुनुवाई नहुदा यो निर्णय गरिएको उनले बताए । यसबाहेक कम्तीमा पनी परिक्षा सञ्चालन गर्नुपुर्व एक महिना भौतिक कक्षाहरु सञ्चालन गरेर मात्रै परिक्षा गरिनुपर्ने माग विद्यार्थीहरुको छ । यि मागहरु पुरा नगरिए यसबाहेक जस्तोसुकै आन्दोलनमा उत्रिने विद्यार्थीहरुको चेतावनी रहेको छ ।


