धनगढी । प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गर्ने एक जना लाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ ।
प्रहरी जवान पदको सम्पुर्ण परीक्षाहरु समाप्त भई अन्तिम नतिजा प्रकाशनको तयारी भईरहेका वेला प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गर्ने एक जनालाई बुधबार उनलाई धनगढी उपमहानगरपालिका–३ चौराहाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बझाङको मष्टा गाउँपालिका वडा नम्बर २ वस्ने २५ बर्षिय मनोजकुमार सिंहलाई प्रक्राउ गरेको हो ।
युवकबाट प्रहरी बनाई दिने भन्दै लिएको ६० हजारको चेक पनि बरामत गरेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए । प्रकाउ परेका सिंहले पिडितलाई पैसा तथा चेक नदिए प्रहरीको छनौटबाट फेल गरिदिने भन्ने धम्की र प्रलोभन दिई फेन गरेको रेकड समेत प्रहरीले बरामत गरेको छ । उनलाई अहिले ठगी मुद्धा अन्तरगत मुर्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।