धनगढी। धनगढीमा स्यान्को काटी रोलको शाखा खुलेको छ । करिब ४० लाखको लगानीमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्यान्को काटी रोलको शाखा स्थापना गरिएको जनाइएको छ।
राष्ट्रिय स्तरमा निकै रुचाइएको स्यान्को काटी रोल अब धनगढीमै खान पाइने भएको हो। धनगढी स्थित बैयाबेहेडि चोकमा रुबस होटलको अगाडि शाखा खोलिएको हो । शुक्रबार एक कार्यक्रमका बिच स्यान्को काटी रोलको सुदूरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले उद्घाटन गरेका हुन्। करिब ४० लाखको लगानीमा कमला शाहीले स्यान्को काटी रोल सुरु गरेकि हुन्। यहाँ हरेक प्रकारका रोल पाइने उनले जानकारी दिईन् ।

