धनगढीमा निर्वाचित महिला जनप्रतिनिधिहरुका लागी महिलाबादी नेतृत्व सम्बन्धि दुई दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ । UN- Women को आर्थिक सहयोगमा तथा जुरी नेपाल र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (एन एन डि एस डब्ल्यु ओ) को आयोजनामा सो तालिम सम्पन्न भएको हो ।
महिला जनप्रतिनिधिहरुले विगतमा यसै संस्था द्वारा प्रदान गरिएको रुपान्तरणकारी महिलाबादी नेतृत्व सम्बन्धि तालिम सो पछि गरिसकेका काम र बिगतको सिकाइलाई कति लागु गरिरहेका छन्, महिलाबादी दृष्टीकोणबाट पैरवी, जनवकालतका बिषयमा उनिहरुलाई तालिम दिइएको हो । बिगतमापनि कैलालीका ३ स्थानिय तहका २९ जना महिला जनप्रतिनिधीहरुहरुलाई तालिम दिएको संस्थाले सोही जननिर्वाचित जनप्रतिनिधीहरुलाई पुर्नताजगी तालिम दिएको हो ।
भदौ ८ र ९ गते धनगढीमा सञ्चालन गरिएको तालिममा निर्वाचित महिला जनप्रतिनिधीहरुबाट बिगतमा भएका सिकाइहरु ब्यवहारिक रुपमा कार्यान्वयन गर्दा भएका उपलब्धी, सिकाई तथा चुनौतिको समिक्षा गरिएको तालिमका सहजकर्ता तथा सामुदायीक बिकास अधिकृत प्रकाश पौडेलले जानकारी दिए । साथै तालिमले महिलाबादी नेतृत्व बिकासका लागी भावी रणनिति समेत तयार गरेको उनले बताए ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष चक्र बिकको अध्यक्षतामा सुभारम्भ भएको तालिममा जि. आई. जि. एक्सपर्ट देविका केसी र एम एण्ड ई एक्स्पर्ट वेद लामिछानेले प्रशिक्षण दिएका थिए ।