ट्राफिक प्रहरीले सुरु गरेको ‘तपाईको मास्क खै’ अभियानलाई मास्क सहयोग गरिएको छ । सोमबार अत्तरियामा रहेका क्रियाशिल पत्रकारहरु आवद्ध संस्था अत्तरिया पत्रकार समुहले सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियालाई मास्क सहयोग गरेको हो ।
िकोरोना भाईरसको महामारी बढ्दै गईरहेकाले अनिवार्य रुपमा मास्क लगाउन ट्राफिक प्रहरीले थालेको अभियानलाई ४० पाकेट ९२ हजार पीस० मास्क सहयोग गरिएको अत्तरिया पत्रकार समुहका अध्यक्ष बालकृष्ण ओझाले बताए ।
उनले भरखरै स्थापना भएको संस्था भएकाले बृहत रुपमा सहयोग गर्न नसकिए पनि अभियानलाई साथ दिन समुहका सदस्यहरुबाट उठेको रकमबाट मास्क सहयोग गरिएको बताए । उनले आगामी दिनहरुमा पनि विभिन्न सामाजिक कार्यहरुमा अत्तरिया पत्रकार समुहको सहयोग सदैव रहने बताए ।
मास्क ग्रहण गर्दै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक गणेश राज उप्रेतीले अभियानलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।
उनले ट्राफिक प्रहरी जनताको हितका लागी भएकाले महामारी सम्बन्धी जनतालाई जागरुक बनाउन अभियानको थालनी गरिएको बताए । उनले आगामी दिनहरुमा पनि यस्तै सामाजिक कार्यहरुमा समुहबाट साथ र सहयोगको अपेक्षा लिएको बताए ।