हरिश भट्ट धनगढी । धनगढी उपमहानगरपालिका यादव भण्डारी साउन पहिलो साता डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ छतिवनमा रहेको छहरा झर्ना पुगे । शनिबार विदाका दिन उनी स–परिवार सो झर्नामा पुगि रमाएर आए । उनले आफ्नो सामाजिक सञ्जालमा त्यहाँ पुगेको देखाउँदै –‘छहरा झर्ना डोटीको अवलोकन गरियो’ तस्विर सहित पोष्ट गरेका छन ।
धनगढी उपमहानगरपालिका बस्दै आएकी अम्बिका मल्लले कञ्चनपुरको महेन्द्रनगरस्थित छ लेन सडकमा केही साथीहरुले टिकटक बनाएर पोष्ट गरेको देखिन । विदाको मौका छोपी भीडभाडमै उनी पनि सोही स्थानमा टिकटक बनाउन पुगिन । उनले टिकटक र तस्बिर खिचेर सामाजिक सञ्जालमा भाइरल रोडमा भन्दै पोष्ट गरेकी छिन ।
कञ्चनपुरकी शिला महराले डोटीको छहरा झर्नामा तीजको गितमा नाच गरिरहेको भिडभाडको भिडियो टिकटकमा राखेका छन । उनले राखेको टिकटकमा पनि न कसैले मास्क लगाएका छन न त भौतिक दुरीनै छ । मास्क लगाएर साथीसंग झर्ना पुग्दा टिकटक बनाउदा झर्नामा उनले पनि मास्क खोलेर बसेकी छिन ।
धनगढी उमपहानगरपालिका वडा नम्बर १ की कान्छु साउद धनगढीमा गर्मी बढेपछि गोदावरी, खानीडाँडा, छहरा झर्ना लगायतका स्थानमा पुगिन । उनले ती स्थानमा पुगि तस्बिर र भिडियो बनाएकी छिन ।
कोरोना संक्रमणको दोश्रो लहरमा केही कमि आएसंगै ब्यवसायीक तथा पर्यटकिय क्षेत्रमा चहल पहल बढेको छ । अहिले झर्ना लगायत बिभिन्न पर्यटकिय स्थलहरुमा निकै चहल पहल बढेको छ । कोरोना संक्रमण ओरालो लागेका बेला निशेधाज्ञा खुकुलो गरिएपनि अहिले फेरी संक्रमण उकालो लागेको छ । शहरी क्षेत्रमा मास्क नलगाएरै हिँडेमा प्रहरीले जरिवाना काट्छ तर यी पर्यटकिय क्षेत्रमा हुने हजारौँको भिड हेर्दा कोरोना टाढैबाट भाँग्छ की लाग्छ ।
डोटीको जोरायल गाउँपालिकामा पर्ने छहरा झरना, कञ्चनपुरको महाकाली छेउमा रहेको भाइरल रोड, कैलालीको चिसापानी, कैलालीकै हाडखोली क्षेत्रमा अहिले दैनिक हजारौँ मानिसको भिड हुन्छ । तर यो भिडमा माक्सको प्रयोग गर्ने निकै कम भेटिन्छन् । डोटीको जोरायल गाउँपालिका बुडर नजिकै पर्ने छहरा झर्नामा रमाउनेहरुको अहिले भिड देख्न सकिन्छ । कैलाली र कञ्चनपुरबाट अधिकासं मानिस यो झर्नामा पुग्ने गरेका छन् । झर्नामा पुग्ने अधिकासं पर्यटकहरु नुहाएर आउँछन् ।
तराई क्षेत्रबाट माक्स लगाएर हिँडेका पर्यटकहरु खानिडाँडा नपुग्दै माक्स खल्तिमा हाल्छन् । किनकी त्यहाँ जरिवाना तिर्नुपर्दैन ।
खनिडाँडाँमा बिगत ८ बर्षदेखी होटल ब्यवसाय गर्दै आएका नविन रावतले यहाँ पुग्ने अधिकासं मानिस बिना माक्सनै आउने गरेको बताए । अनिवार्य माक्स या सुरक्षा उपाय अपनाउनमा धनगढी महेन्द्रनगर तिर कडाइ होला यता केही हुँदैन त्यहि भएर बिना माक्स हिड्ने गर्छन् उनले भने ‘सबैभन्दा बढी शुक्रबार र शनिबार यहाँ निकै भिडभाड हुन्छ खानिडाँडामा अलि राम्रो सेवा दिने होटेलले एक लाख देखी डेढ लाखसम्मको कम्तिमा पनि कारोबार गर्छन् यसरी मानिसहरु आएपनि सुरक्षाका कुनै उपाय अपनाइएको पाइदैन ।’
‘बिहानै बुडर झर्ना जाने र अनि फर्केर यहाँ बस्ने गर्छन्’ उनले भने ‘पर्यटकिय क्षेत्रको बिकास भए व्यवसाय पनि फस्टाउँछन् तर सबैले यस्तो बेला सतर्कता अपनाए हामी सुरक्षित हुन्थ्यौँ ।’ बुडरको छहरा झर्नामा बिदाको दिन पारी बढिजसो पर्यटकहरु पुग्ने गर्दछन् । बिदाको दिनमा १० हजारसम्म पर्यटक पुग्ने गरेको जनाइएको छ । जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बिदाको दिनमा त ५ देखी १० हजारसम्म पर्यटक पुग्ने गरेको बताए । बिस्तारै यसको बिकास र प्रचार प्रसार भइरहेको छ ओझाले भने ‘झर्नासम्म पुग्ने बाटो बनाएका छौँ । अन्य कामका लागी डिपिआर बनाइरहेका छौँ ।’ उनले भिडभाड बढेको स्वीकार गरे ।
‘मानिसको चाप बढ्दा यहाँको ब्यवसाय पनि बृद्धी भएको छ’ उनले भने ‘तर कहिले काँही ब्यवस्थापनमा चुनौती थपिन्छ र भिडभाडले संक्रमणको पनि जोखिम बढेकाले यसको ब्यवस्थापनका लागी छलफल गरिरहेका छौँ छिट्टै निर्णय हुन्छ ।’ डोटीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले झर्नामा भिडभाड बढेको र सतर्कता अपनाउनका लागी जोरायल गाउँपालिकालाई निर्देशन दिइसकेको बताइन् ।
जिल्ला प्रशासन कार्यालय भन्दापनि स्थानिय तहले हो यो ब्यवस्थापन गर्ने जोशीले भनिन् ‘हामीले गाउँपालिका अध्यक्ष ज्युलाई भिडभाड नहुने गरी झर्नामा पर्यटक भित्र्याउने गरी काम गर्नुस भनिसकेका छौँ त्यो केही दिनबाटै कार्यान्वयन हुन्छ होला ।’ पुलिसले लाठी हानेपछि मात्रै पत्र आफ्नो स्वास्थ्यकै ख्याल नगर्ने हाम्रो संस्कृतीनै बसिसकेको छ जोशीले भनिन् ‘तर आफै कोही पनि सचेत भएको पाइएन त्यही भएर गुनासो आएपछि हामीले भनिसकेका छौँ एक पटकमा १० जना मात्रै जान पाउने या एक टिम मात्रै जान पाउने कसरी हुन्छ कम भन्दा कम भिड गराउने गरी गाउँपालिका र सम्बन्धित शुरक्षा निकायले काम गर्ने छन् ।’
प्रहरी परिचालन छ नपुगे फेरी खटाउँछौँः सुरक्षा अधिकारी
डोटीको छहरा झर्नामात्र कैलालीको खानीडाँडा, घोडाघोडी ताल, कर्णाली पुल लगायत र कञ्चनपुरको छ लेन सडक लगायतका विभिन्न पर्यटकीय स्थलमा पनि आन्तरिक पर्यटकहरुको भिडभाड बढेको छ । पर्यटकीय स्थलमा पुग्दा मुखमा मास्कको प्रयोग नगर्दा संक्रमणको जोखिम बढेको छ ।
कैलाली जिल्ला प्रशासन कार्यालयले मास्क प्रयोग नगरेका व्यक्तिबाट सय रुपैयाँ जरिवाना असुल गर्ने निर्णय गरेको भएपनि पर्यटकीय स्थलहरुमा सुरक्षाकर्मीको उपस्थिती नहुदा समस्या भएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले कोरोनाबाट बचाउनकै लागी कैलालीमा पनि प्रहरीले तपाइको माक्स खै अभियान ल्याएको बताए । हामीले बाटो बाटोमा चेकजाँच गरेर मास्क नलगाउनेलाई जरिवाना समेत गर्ने गरेका छौँ प्रमुख जिल्ला अधिकारी रिजालले भने ‘प्रहरी नपुगेको ठाउँमा शुरक्षाका मापदण्ड न अपनाएको होलान चिसापानी पुल, हाटखोली क्षेत्रमापनि अब प्रहरी परिचालन गर्छौँ ।’
कञ्चनपुर प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कञ्चनपुरको महेन्द्रनगरको छ लेन सडक लगायत पर्यटकिय स्थलहरुमा भीडभाड बढेको बताए । उनले भने –‘भिडभाड नबढाउने आदेश दिएका छौं । सुरक्षा निकाय समेत पुगेर त्यस्ता ठाउँमा स्वास्थ्य मापदण्डको पालना गराउने, मास्क अनिवार्य प्रयोग गराउने, क्षमताभन्दा बढी मानिसलाई प्रवेश गर्न नदिने लगायतका कार्य गरिरहेका छौं ।’ उनले सामान्य अनुरोधका भरमा अहिले कुनै पनि स्थलमा पालना नभइरहेको बताए । उनले भने –‘हामीले संक्रमणका दरका आधारमा निर्णय गर्ने हो । अहिले जिल्लामा संक्रमितको संख्या कम छ । केही जिल्लामा संक्रमण दर बढेको पनि देखिएको छ ।’ उनले संघिय सरकारको कोभिड १९ जोखिम नियन्त्रण, व्यवस्थापन तथा रोकथाम समितिले थप निर्णय लग्नुपर्ने बताए ।
पर्यटकीय स्थलको पहिचान गराउदै सामाजिक सञ्जाल
डोटीको जोरायल गाउँपालिका–२ छतिवनमा रहेको झर्ना केही वर्ष अघिसम्म खासै चहलपहल हुन्थेन । तराईमा गर्मि बढे यहाँका मानिस गर्मिछल्न खानीडाँडा, गोदावरी, कर्णाली र आसपासका नदीमा जान्थे । सामाजिक सञ्जालमा सो छहरामा खिचिएका तस्बिर धमाधम देखिन थालेपछि पछिल्लो समय सोही छहरामा टिकटक तथा फेसबुकमा फोटो राख्न भएपनि मानिसहरु जान लागेका छन ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित हार्टखोली नदीको नाम तीन वर्षअघिसम्म तराईका बासिन्दालाई थाहा थिएन । तीन वर्ष यता भने तराईमा गर्मि बढे सो नदी पनि स्थानीयको रोजाईमा पुगेको छ । धनगढी–स्याउले–दिपायल सडकखण्ड अन्र्तगत पर्ने सो नदीमा अहिले नुहाउनकै लागि भएपनि कैलाली र कञ्चनपुरका तराई क्षेत्रका मानिस गइरहेका छन ।
कोभिड १९ रोकथाम तथा व्यवस्थापनका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो भएसंगै यी क्षेत्रमा आन्तरिक पर्यटकहरु गइरहेका छन ।
कस्तो छ छहरा झर्ना माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जंगल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज । यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झर्ना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ । पछिल्लो समय ती झर्ना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।
हिजोआज यो झर्नामा जिल्लाभित्रकै मात्रै नभएर अहिले रमाउनका लागि सुदूरपश्चिम प्रदेशभरिकै नागरिक आउन थालेको स्थानीयबासीहरु बताउँछन् ।