कञ्चनपुर। कञ्चनपुरमा अबैध काठ चोरी मुद्धाका फरार ब्यक्ती पक्राउ परेका छन् । कञ्चनपुर जिल्ला अदालतको मिति २०७३ असार २८ गतेको फैसलाले अबैध काठ चोरी मुद्धामा ३ महिना कैद र रु ३ हजार जरिवाना ठहर भई फरार रहेका कञ्चनपुर बेल्डाडी गाउँपालीका १ का रतन बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले आज निजकै घर ठेगानाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । पक्राउ परेका बुढालाई कञ्चनपुर जिल्ला अदालतमा पेश गराईएकोमा सम्मानित अदालतबाट कैदी पुर्जी जारी भई कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।