धनगढी। कैलालीमा एक जना महिला मृत अवस्थामा भेटिएकी छिन् । बिहीबार जिल्लाको घोडाघोडी नगरपालिका–५ सरैयाकी ५५ वर्षीया हिरादेवी साउद मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनको शव सोही ठाउँको कान्द्रा नदीमा भटिएको हो । धनगढी स्थीत सेती प्रादेशीक अस्पतालमा ल्याईएको शवको परिक्षण तथा पोष्टमार्टम गरीसकीएको छ । भने प्रहरीले घटना सम्बन्त्री थप अनुसन्धान भइरहेको जनाएको छ।

