धनगढी : कैलालीमा ३ महिने नेपाली साकेंतिक भाषा तालिम सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालय कैलालीको सहयोग तथा कैलाली जिल्ला बहिरा संघको आयोजनामा भएको तालिममा सुदूरपश्चिम प्रदेशका ५ जिल्लाबाट १२ जना सहभागी थिए । २०७७ १२ महिना १ गतेदेखी आयोजना भएको तालिम आज समापन गरिएको हो । बहिरा संघ कैलालीका अध्यक्ष दीनेश पनेरुको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका सचिव रघुराम बिष्ट प्रमुख अतिथि थिए ।
तालिम समापन कार्यक्रममा बोल्दै सचिव बिष्टले बहिरा संघ कैलालीले आयोजना गरेको यो तालिमले बिभिन्न जिल्लामा रहेका बहिरा ब्यक्तीहरुलाई सञ्चार क्षमता अभिबृद्धी हुने बिश्वास ब्यक्त गरे । उालेृ बहिरा संघ कैलालीको प्रशंसा गर्दै यस्ता तालिमहरुलाई निरन्तरता दिन समेत आग्रह गरे ।
कार्यक्रमका सभापति तथा बहिरा संघ कैलालीका अध्यक्ष दीनेश पनेरुले सुदूरपश्चिममा १० हजार ५ सयको संख्यामा रहेका बहिराहरु दोभाषे नभएकै कारण शिक्षा, स्वास्थ्य जस्ता आधारभुत अधिकारबाटै बञ्चित भएको बताए । हाल ५ जिल्लाका १२ जनाले आधारभुत तालिम लिएपनि त्यो पर्याप्त नभएको भन्दै उनले आगामी बर्ष मन्त्रालयलाई दोभाषे तालिम कार्यक्रममै राख्न आग्रह गरे । साथै थप दोभाषे उत्पादन गर्न र तालिम लिएका दोभाषेहरुलाई रोजगारीको ब्यवस्था समेत गर्न उनले आग्रह गरे । कार्यक्रमको सञ्चालन बहिरा संघ कैलालीका सचिव बिजय साउँदले गरेका थिए ।