दार्चुला। शुक्रबार दार्चुलाको ब्याँस घटनाको अनुसन्धानका लागि हेलिकप्टर मार्फत् गएको छानबीन समितिको टोली नेपालतिरको घटनास्थल र बेपत्ता जयसिंह धामीको घर पुगेर फर्किएको छ । विहीबार घटनास्थलको भारतपट्टि स्थलगत अवलोकन–अध्ययन गरेर सदरमुकाम खलंगा फर्किएको छानबीन समितिको टोलीले आज घटनास्थलको नेपाल तिर (राप्ला–माल)स्थलगत अध्ययनका लागि हेलिकप्टर मार्फत् दिउँसो साढे १२ बजे ब्याँस प्रस्थान गरेको थियो । हेलिकप्टर मार्फत् गएको टोलीले नेपालतिरको घटनास्थल माल क्षेत्रको स्थलगत अध्ययन–अवलोकन गरी टोली फर्किएको यस्तै ब्यास गाउँपालिका वडा नम्बर २ स्थित बेपत्ता जयसिंह धामीको घरमा गृह मन्त्रालयको छानबिन टोली पुगेको हो । छानबिन टोलीले पीडित परिवारलाई भेटेर घट्नाबारे जानकारी लिएको छ । स्थानीय, प्रत्यक्षदर्शी लगायतसँग सो घटनाबारे जानकारी लिएको छानबीन सदस्य तथा दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिइन् ।
सेनाको हेलिकोप्टर मार्फत् ब्यास पुगेको टोली पीडित परिवारसँग भेटघाट र मालघाटको स्थलगत अवलोकनगरी हेलिकोप्टरबाटै फर्किएको हो । टोलीले घटनाका तीनै जना प्रत्यक्षदर्शीको बयान लिएको छ भने भारततिरको स्थलगत अवलोकन समेत गरिसकेको छ । नेपाली छानबीन समितिको टोलीले भारततिरको अध्ययन गर्दा एसएसबीका अधिकारीहरुको साथमै गरेको छ । १० दिन भित्र प्रतिवेदन दिने गरी गठन गरिएको छानबीन समिति गठन गरिएको हो। साउन १९ गते जिल्ला पुगेको टोलीले प्रत्यक्षदर्शीहरुको बयान, राजनीकि दल, जनप्रतिनिधि, मानवअधिकारकर्मी तथा पत्रकारहरुसंग घटनाबारे जानकारी लिएको छ । साउन २० गते उक्त टोलीले जिल्लाका सरोकारवालाहरुसंग छुट्टा छुट्टै भेटघाट गरी घटनाबारे जानकारी लिएको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी बिनाको टोली पीडितको घरमा
यस्तै,आज ब्यास गाउँपालिका २ मालघाटमा एसएसबीले तुईन काट्दा जयसिह धामी महाकाली नदीमा बेपत्ता भएको घटना छानविन गर्न दार्चुला आएको गृह मन्त्रालयको टोली बेपत्ता धामीको घरमा पुगेकोे छ । पीडितको घरमा पुगेको छानबीन टोलीले स्थानियहरुसंग घटनाबारे जानकारी लिएको छानबीन टोलीका सदस्य समेत रहेका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भटट् जोशीले जानकारी दिइन् । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी भने नेपालतिरको घटनास्थलमा जान पाएनन् । टोलीलाई ब्याँससम्म पु¥याउन तथा ल्याउन नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएकोमा ठाउँ अभावमा छानबीन समिति सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी भट्टले भने जान नपाएका हुन् । सानोे हेलिकोप्टर भएकाले छानविन समिति संयोजक गृह मन्त्रालयका सह सचिव जर्नादन गौतम सहित नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ गरि चार जनामात्रै घटना स्थल पुगेका थिए ।
‘हेलिकोप्टर सानो भएकाले छानबीन समितिका चार जना मात्रै गए, बेपत्ता धामीको घर र महाकाली नदीको तुईन क्षेत्रमा टोली पुगेको जानकारी पाएको छु’ भट्टले भने। हेलिकोप्टरमा ठाउँ नभएर माथिबाट आएका चार जनाको टोली र चालक दलका दुईजना मात्रै ब्याँसको मालगाउँ गएका थिए । मध्यान्ह १२ बजे तिर दार्चुला सदरमुकाम खलंगाबाट घटनास्थलतर्फ गएको टोली दिउसो तीन बजेतिर फिर्ता भएको छ । साउन १९ गते जिल्ला सदरमुकाम खलंगा पुगेको गृह मन्त्रालयको छानविन टोलीले साउन २० गते प्रत्यक्षदर्शी, जनप्रतिनिधी, मानव अधिकारकर्मी तथा पत्रकारहरु संग घटनाबारे छलफल गरेको थियो । साउन १५ गते ब्याँस गाउँपालिका वडा नम्बर २ मालघाटमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा धामी बेपत्ता भएको प्रत्यक्षदर्शीहरुले बताउदै आएका छन् । तर भारतीय पक्षले भने सो घटनामा एसएसबीको संलग्नता नभएको दावी गरेको छ । बेपत्ता धामी हालसम्म फेला परेका छैनन् । तर, उनका आफन्तहरुले भने कुशको पुतला बनाएर दाहासंस्कार गरिसकेका छन् । ब्याँस गाउँपालिकाले पीडित परिवारलाई किरिया खर्च बाफत २५ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ । वडा नम्बर २ का वडा सदस्य नरेन्द्र सिंह धामी मार्फत् पीडित परिवारलाई गाउँपालिकाले तत्कालका लागि किरिया खर्च बाफत् २५ हजार रुपैयाँ सहयोग गरेको हो ।


