धनगढी। प्रदेश युवा परिषद सुदुरपश्चिमद्वारा माक्स सेनिटाइजर र पोषिलो खानेकुरा बितरण गरिएको छ । सुदुरपश्चिम प्रदेशको प्रदेश युवा परिषदले सचेतना स्वरुप र परिषदले पुर्णता पाएको सन्दर्भ पारी आज माक्स,सेनिटाइजर र पोषिलो खानेकुरा बितरण गरिएको जनाएको छ । प्रदेश युवा परिषद सुदुरपश्चिमद्वारा आज सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा र आईसियुमा रहेका कोरोना संक्रमित बिरामीहरुलाई चेवनप्रास लगायतको पोषिलो खाने कुरा बितरण गरिएको छ।
यस्तै,वडा प्रहरी कार्यालय धनगढीलाई माक्स, सेनिटाइजर प्रदान र ट्राफिक चौराहा, रातोपुल लगायतका क्षेत्रमा सर्वसाधारण तथा अन्य सवारि चालकहरुलाई सचेतनाका लागि मास्क बितरण गरीएको हो ।
परिषदका कार्यक्रारी उपाध्यक्ष युवराज कुँवरले लकडाउन खुकुलो भएसँगै सर्वसाधारणहरुले माक्स लगाउन कम गरेको र कोरोनाको तेस्रो भेरियन्ट आउन सक्ने भएकाले माक्सको प्रयोगलाई अनिवार्य गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । परिषदका सदस्यहरुले स्वयच्छिक रुपमा आर्थिक संकलन गरि माक्स,सेनिटाइजर तथा पोषिलो खानेकुरा बितरण गरीएको जनाइएको छ ।








