अछाम। अछामको मेल्लेख गाउँपालिकाले एक टोलबाट अर्को टोल तथा एक वडाबाट अर्को वडा जान प्रतिवन्ध गरेको छ । मेल्लेख गाउँपालिकाका अध्यक्ष लोक बहादुर वोहराले मेल्लेख गाउँपालिका वासिमा अपिल जारी गर्दै गाउँपालिकामा ८ जना कोरोना भाईरसबाट संक्रमित भएका कारण एक टोलबाट अर्को टोल तथा एक वडाबाट अर्को वडामा नजान लपिल पत्रमा उललेख गरेको छ । साथै यस विषम परिस्थितमा आ–आफ्नो ठाउँ तथा क्वारेन्टाईमा सुरक्षित बस्न आग्रह गरिएको छ ।
यस्तै अर्को सूचना जारी नभए सम्मको लागि अत्याआवश्यक काम वाहेक सम्पूर्ण प्रशासनिक काम, वजार, निर्माण कार्य, ढूवानी तथा सवारी पूर्ण रुपमा शिल गरिएको गाउँपालिकाका अध्यक्ष वोहराले जानकारी दिए । यस्तै अनलाईन मार्फत फर्म भरेका जिल्ला वाहिर रहेका सम्पूर्ण व्यक्तिलाई गाउँपालिका आउनुभन्दा सुरक्षित रुपमा बस्नको लागि अपिलमा भनिएको छ । गाउँपालिका कोरोना भाईरसको उच्च जोखिममा रहेका कारण गाउँ फर्कनुभन्दा सुरक्षित रुपमा वस्न आग्रह गर्दै गाउँपालिका आवश्यक सहयोग गर्न तयार रहेको अपिलमा भनिएको छ ।