बैतडी। बैतडीमा काम गरेको ज्याला नपाएको भन्दै एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ । बैतडीको पाटन नगरपालिका वडा नं ८ मा तालाबन्दी गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आफूहरुलाई न्यून ज्याला दिएको भन्दै कामदाहरुले तालाबन्दी गरेका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५ सय १७ रुपैंयाका दरले ज्याला पाउनुपर्ने भएपनि आफूहरुलाई प्रतिव्यक्ति ६४ रुपैंयाका दरले मात्रै ज्याला दिएको कामदारहरुले बताएका छन् ।१९ लाखको योजनामा काम कम भएको भन्दै नगरपालिका २ लाख मात्रै निकासा भएको छ । यो बिषयमा वडा अध्यक्ष पृथ्वीराज पन्तले कामको मूल्याकंनका लागि नगरपालिकाको रोजगार शाखामा पटक पटक आग्रह गरेको भएपनि नगरपालिकाबाट प्राविधिक नआएको जानकारी दिए।
बैतडीमा काम गरेको ज्याला नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी
बैतडीमा काम गरेको ज्याला नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

