धनगढी : देशको राजनितिक घटनाक्रमलाई हेर्दा करिब १ बर्ष कुर्सीकै लडाइमा बित्यो । राजनेताहरु कुर्सीका लागी लडिरहे तर जनता भने भोकै मरिरहेका छन् । कैलाली जिल्लाको चुरे गाउँपालिकाका २ सय भन्दा बढी परिवार एक बर्षदेखी जंगलमा रात कटाइरहेका छन् । गत बर्ष भदौमा पहिरोका कारण बिस्थापित भएका चुरे बासी एक बर्षदेखी जंगलमा बसिरहेका छन् । जिल्लाको चुरे र गौरिगंगा नगरपालिकाको सिमा क्षेत्रमा पर्ने राष्ट्रिय बनमा बसिरहेका उनिहरुको दैनिकि निकै कस्टकर बनेको छ । गत बर्ष भदौमा पहिरोका कारण चुरे गाउँपालिका वडा नम्बर १ देखी ६ सम्मका धेरै नागरिकले घर जमिन छोडेर सडकमा बस्नुप¥यो । केही घर पहिरोले पुरे भने केही घर पहिरोको उच्च जोखिममा परेपछि स्थानिय तहलेनै घर छोड्न निर्देशन दिएको थियो । त्यसपछि करिब १ महिना सडक छेउमा पाल टागेर बसेका उनिहरुलाई १ महिनापछि गौरिगंगाको शिव पार्वती सामुदायीक बनमा राखियो । त्यहाँका स्थानियको बिरोधपछि फेरी उनिहरुलाई गत बर्ष मंसिरमा चुरे र गौरिगंगा नगरपालिकाको सिमा क्षेत्रमा पर्ने राष्ट्रिय बनमा राखियो । करिब ९ महिनादेखी उनिहरु सोही जंगलमा बसिरहेका छन् । सडकबाट शिव पार्वती सामुदायीक बन, त्यहाँबाट राष्ट्रिय बनमा पुगेका उनिहरु एक ठाउँमा स्थाई बास स्थानको ब्यवस्था गरिदिन सरकारसंग माग गर्छन् ।
चुरे ६ की पहिरो पिडित निर्मला देवी कार्कीले समस्यानै समस्याका बिच दिन रात काटिरहेको बताइन् । पहिले बसेको ठाउँ छोडेर यहाँ आउँदा जंगलमा बास बस्नु परेको पीडा उनले सुनाइन् । ‘कति राम्रो घरबारी थियो, पहिरोले उजाडिदियो,’ उनले भनिन्े, ‘अहिले स्थानीय सरकारको भर पर्दा जंगलमा बास बस्नु परेको छ ।’
पहिरोबाटै बिस्थापित भएर जंगलमा बसिरहेका ७० बर्षिय खड्क बहादूर कुँवरले बिगतबाटै पहिरोले सताइरहेको बताए । बर्षै प्रत्येक पहिरो आइरहन्थ्यो उनले भने ‘कहिले स्कुलमा बस्यौँ, कहिले सामुदायीकका घरमा गत बर्षत सबै उम्ल्यो अनी के गर्नु सडकमा पुग्यौँ सडकबाट जंगल खेदिदियो अहिले यता छौँ ।’ या त न पानीनै पाइन्छ न खमेजे जस्तो खाना नै उनले भने ‘के गर्नु मर्नलाइनै सरकारले यहाँ पठाएको हो की जस्तो लाग्छ तपाइहरुनै हेर्नुस हजुर यस्तो जंगलमा हाम्रो बास छ कसरी बसेका छौँ होला कसरी सुत्यौँ ।’
गौरिगंगा नगरपालिकाको कुचैनीबाट करिब १ घण्टाको पैदल यात्रापछि यो क्षेत्रमा पुगिन्छ । यहाँसम्म पुग्न ३ वटा नदि तर्नुपर्छ । यहाँ बस्ने पहिरो पिडितहरुसंग नत जग्गा जमिन छ नत रोजगारी नै । दैनिक उपभोग्य खाद्यान्नका लागीपनि उनिहरुले १ घण्टा पैदल यात्रा गरेर कुचैनी पुग्नुपर्छ । बर्षातको झरीमा नदी बढेर उनिहरुलाई बजार पुग्नै मुस्किल हुन्छ । न आफै खेती गर्न जमिन छ न बजार गएरै राम्रोसंग खान पाइन्छ उनिहरुले दुखेसो पोखे ।
चुरे ४ बाट बिस्थापित भएर जंगलमा पुगेका जपर बहादूर रोक्का मगरले खाद्यान्न बोक्दै भने ‘१ घण्टा लाएर कुचैनीबाट खाद्यान्न ल्याउँदैछौँ हजुर ४ दिनसम्म लगातार पानी परिरहेको हुँदा नदी बढेर बजार जान पाएनौँ बल्ल आज यो नुन तरकारी ल्याउँदैछु ।’ कोलाई कति भन्नु गाउँपालिका अध्यक्ष देखी यो प्रदेशका मुख्यमन्त्री सम्मपनि पुगेकै हौँ आश्वासन बाहेक खै केही आउँदैन ।’ उनि भन्छन् कति दुख भन्नु कुनै कुरा पुगेको छैन हामीलाई जनावर झैँ जंगलमा बसिरहेका छौँ हामी के पुग्यो होला आफै अनुमान गर्नु ।
२ सय ५० भन्दा बढी परिवारको बसोबास रहेको सो बनमा ५ सय भन्दा बढी मानिसहरुको बसोबास रहेको जनाइएको छ । त्रिपाल हालेर साना साना झुपडि बनाइएको त्यो जंगलमा एक्लै बस्नै डरलाग्दो छ । माथीबाट खोला आएर झन बस्तीमै पस्ने गरेको त्यहाँ बसिरहेका नागरिक बताउँछन् । कहिले सर्प घरभित्रै पस्छन्, कहिले बाढी आफुहरुको चित्कार कसैले नसुनेको उनिहरुले बताएका छन् ।
चुरे ४ बाट बिस्थापित भएर जंगलमा बस्दै गरेकी पावर्ती भण्डारीले रुँदै गुनासो पोखिन् । श्रिमान बिदेशमा हुनुहुन्छ २ छोराछोरी छन् एक्लै घरमा बस्नुपर्छ उनले भनिन् ‘राती घरभित्रै सर्प पसेर अस्ती झन्नै टोकेर परिवारनै मारेन के गर्नु राती मान्छे पस्छ की जंगली जनावर घर भित्र त्रासै त्रासमा बसिरहेका छौँ ।’
दैनिक छाक टार्नै जोखिम मोलिरहेका यी नागरिकहरुलाई शिक्षा स्वास्थ्य सहजै पाउने त कुरै भएन । पहिरो पिडितको जंगलबास भएपछि उनिहरुका बालबालिकाले बिद्यालय देखेका छैनन्, भने जटिल अवस्थापछि केही स्वास्थ्य संस्था पुगे । शिक्षादिक्षा देखी स्वास्थ्यको अवस्था निकै नाजुक छ ।
चुरे ५ की पहिरो प्रभावित पद्मा बोहराले चुरेबाट पहिरोले मार्छ भनेर जंगल पुगेपनि जंगलमा समेत बाढीले सताएको बताइन् । उनले भनिन् ‘बर्षातमा चुरेझैँ बाढी घरभित्र पस्छ राती छाता ओढेर बाहिरै बसेर रात काटेका छौँ दुख त भनेर साद्य छैन ।’
देशमा तिन तहका सरकार छन्, पहिरोबाट पिडित बनेका यी नागरिकहरुको बास एक बर्षदेखी जंगलमा छ । फेरी कति बर्ष जंगलमै बस्नुपर्ने हो निश्चित छैन । सरकारले स्थाई बसोबास गर्नुभन्दापनि जंगल सार्ने काम गरिरहेको छ ।
चुरे गाउँपालिकाका अध्यक्ष धन बहादूर रोक्का मगरले गाउँपालिकाकै बजेटले पहिरो पिडितको ब्यवस्थापन गर्न असम्भव भएको बताए । बजेटका लागी प्रदेश र संघ सरकारसंग माग गरेका छौँ उनले भने ‘ब्यवस्थापनका लागी बजेट भए उचित जमिनमा ब्यवस्थान गर्छौँ ।’