धनगढी, । धनगढीमा साउन २९ गते गुरही पर्व मनाइने भएको छ ।सखी सञ्जाल कैलालीको आयोजनामा शुक्रबार धनगढीमा भएको छलफलले थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरही पर्व सावन २९ गते धनगढीको गुरही चौकमा सामूहिक रुपमा गुरही पर्व मनाइने भएको हो । विगत एक दशक यता थारु समुदायले आफ्नो हकअधिकार तथा पहिचानको रुपमा मनाउँदै आएको गुरही पर्वलाई यस वर्ष पनि चाडवर्ड संरक्षण सम्वद्र्धन सहित हकअधिकार तथा पहिचानको रुपमा मनाईदै आएको छ ।
गत वर्ष धनगढीलगायत आसपासका क्षेत्रमा ‘गुरही’ पर्व सामाजिक दूरी कायम गरी भीडभाड नगरी मनाएका थिए । कोभिड–१९ को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर, भीडभाड नगरी आ–आफ्नो गाउँ घर टोल समुदायमा ‘आफू बचौँं र अरुलाई पनि बचाउँ, सुरक्षित र स्वस्थ रहौँ’ भन्ने भावसहित सुरक्षित ढङ्गले गुरही मनाएका थिए ।
थारु अगुवाहरुले यस वर्ष पनि गुरही पर्वलाई स्वास्थ्यको सम्पूर्ण मापदण्ड पुरा गरि मनाउनु पर्नेमा सुझाएका थिए । थारु समुदायको चाडको शुरुवातको रुपमा गुरहीपर्व लाई लिइने गरिन्छ । नागपञ्चमीकै दिन यो पर्व मनाइने भएकोले यस पर्वलाई थारु समुदायले देशैभरका थारु समुदायले धुमधामकासाथ मनाउने गर्दछन् ।
थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजागर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने हो । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ । थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ ।
नागपञ्चमीमा विशेषगरी नेपालीहरु नागबाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाइन्छ । यस पर्वमा गाउँका युवती गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही ९गाइने कीराको प्रतीक० असराउने ९सेलाउने० चलन रहिआएको छ । यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिएको छ ।
गुरही सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने जनविश्वास रहेको छ । यसका साथै सामाजिक सद्भाव, आपसी मित्रता बढाउनाका साथै गाउँमा भएको दुःख, संकटलगायत अन्य विपत्ति भाग्ने गरेको जनविश्वास रहिआएको छ ।