बैतडीको सुनर्या गाउँपालिका वडा नम्बर २ मा पक्की बाटा निर्माण भएका छन् । बर्षातमा हिलाम्य भएर हिँडडुल गर्नै मुस्किल हुने बाटोहरु निर्माण भएका हुन् । बषौँ देखी बाटो अलपत्र हुँदा सास्ती खेपिरहेका स्थानियले जनप्रतिनिधी आइसकेपछि बाटो निर्माणको माग गरेका थिए । स्थानियको माग संगै गाउँपालिका उपाध्यक्ष लिला बिष्टले गत बर्ष बाटो निर्माणका लागी बजेट बिनियोजन गरेकी थिइन् । ग्वानी गाउँका २ बाटा निर्माणका लागी उपाध्यक्ष बिष्टले १६ लाख ५० हजार रुपयाँ बिनियोजन गरेकी थिइन् । केदार, भुमिराज, कैलपाल मन्दिर हुँदै सिउँडे सम्म र सुमल्ला सल्लेडाँडा हुँदै पत्तालभुमेश्वर जोड्ने २ बाटो निर्माण भइसकेको उपाध्यक्ष बिष्टले जानकारी दिइन् । बिगतमा हिलाम्य सो बाटोमा अहिले आवतजावत गर्न निकै सहज भएको उनले बताइन् । स्थानिय बासिन्दाले बाटो मर्मतका लागी निर्वाचित भए लगत्तै भनेपनि गत बर्षको बजेटले सो बाटोहरु निर्माण भएको उनको भनाई छ । दुइवटै २४ सय मिटर बाटो निर्माण सम्पन्न भएको जनाइएको छ ।
बषौँदेखी अलपत्र रहेका बाटोहरु स्थानिय सरकारको प्रार्थमिकतामा परेर निर्माण भएको भन्दै स्थानिय खुशी भएका छन् । स्थानिय बिक्रम बिष्टले यो बाटोबाट दैनिक ओहरदोहर गर्ने नागरिक देखी बिद्यालय जाने बालबालिकाहरुलाई धेरै सहज हुने बताए । अब थप बाटोहरु मर्मतमापनि स्थानिय नहको ध्यान जानुपर्ने उनको भनाई छ ।