धनगढी उप महानगरपालिका वडा नम्बर २ मा नाला खोल्ने बिषयमा बिवाद हुँदा १० जना प्रहरी घाइते भएका छन् । वडा नम्बर २ बासी र प्रहरी बिच भएको झडपमा ४ प्हरी र ६ सशस्त्र प्रहरी घाइते भएका हुन् । धनगढी उप महानगरपालिका वडा नम्बर ३ बाट बग्ने पानी धनगढी २ बासीले नाला बन्द गरेर रोकेका थिए । सो नाला खोल्न गएको प्रहरी टोलीलाई वडा नम्बर २ बासीले ढुगां मुढा प्रहार गर्दा प्रहरी र सशस्त्र प्हरी घाइते भएका हुन् ।
करिब १० जनालाई चोट लागेपनि यकिन तथ्याकं आइ नसकेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिश्व अधिकारीले बताए ।