कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले अबैध समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालीका ४ झोलुङगेपुल बेवारिसे अवस्थाका अबैध समान बरामद गरेको हो ।
भारतबाट भन्सार छली चोरी गरी ल्याइएका ३५ हजार मुल्य बराबरका र्यालिङ पाईप बेवारिसे अवस्थामा फेला पारी बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आवश्यक कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको छ।