कञ्चनपुर। कञ्चनपुरमा २ लाख बढीमूल्यका अवैध भन्सार छलीका सामान बरामद गरिएका छन् ।कञ्चनपुरको भीमदत्त नगरपालिका–४ पुरानो बसपार्कबाट ४३ हजार २ सय मूल्य बराबरको कपडा र पुर्नवास नगपालिका–दशरथ बस्तीबाट १ लाख ५८ हजार बराबरको सुर्ति र बुलेट मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ।
भारतबाट भन्सार छली चोरीगरी ल्याइएका घोती, साडी, गम्छा लगायतका कपडा तथा सुपर पावर सुर्ती र कालो रङको बुलेट मोटरसाईकल गरी जम्मा २ लाख १ हजार २ सय मूल्य बराबरका सामान रहेका छन् । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।