धनगढी। डोटीको दानकोट स्वास्थ्य चौकीमा कोराना चेकजाँच तथा रोकथामका स्वास्थ्य सामाग्री पुगेका छन् ।कोरोना नियन्त्रण तथा रोकथामका लागी बोधी सत्व बिहारसंस्थाद्धारा उपलब्ध गराइएको स्वास्थ्य सामाग्री डोटीकोे दानकोट स्वास्थ्य चौकीमा पुगेको जनाएको छ। मेची–महाकाली बुहारी संयुक्त आवाज कैलाली जिल्ला संयोजक जागृती बोगटीको पहलमा डोटीको शिखर नगरपालीका वडा नम्बर ९ को दानकोट स्वास्थ्य चौकीमा सेनेटाईजर, अक्सिजन सिलीण्डर, थर्मल गन, माक्स लगायत स्वास्थ्य सामाग्री उक्त स्वास्थ्य सामाग्री पुगेको जानकारी दिइन् ।
स्वास्थ्य सामाग्रीमा अक्सिजन सिलीण्डर,थर्मल गन कन्सर्नट्रेटर १/१ पिस, हेन्डवास र हेन्ड सेनेटाईजर १५/ १५ पिस यस्तै, एन ९५ माक्स, पिपिई सेट, मेडिकल माक्स ४०/४० पिस तथा ग्लोब्स ५ पिस लगायत अन्य मेडिकल सामान प्राप्त भएको दानकोट स्वास्थ्य चौकीका अहेब रमेश बहादुर कुँवरले जानकारी दिए। मेची–महाकाली बुहारी संयुक्त आवाज कैलाली जिल्ला संयोजक जागृती बोगटीको पहलमा बिकास चन्द ठकुरी, क्षितिज भंडारी, धर्मराज जोशी, प्रेम मल्ल, ज्वाला रोकाया, गणेश भंडारीको समन्वयमा उक्त स्वास्थ्य सामाग्री पठाइएको हो ।
सहयोग तथा समन्वय गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दछु । मेची–महाकाली बुहारी संयुक्त आवाज कैलाली जिल्ला संयोजक तथा नेपाल महिला संघ नगर सभापती बोगटीले भनीन्। यस्तै दानकोट स्वास्थ्य चौकीले स्वास्थ्य सामाग्री पुगेको र सहयोग तथा समन्वय गर्ने सम्पुर्णमा धन्यबाद ब्यक्त गरेको छ। कोरोना नियन्त्रण तथा रोकथामका लागी डोटीका बिभिन्न स्वास्थ्य चौकीहरुमा आवस्यक स्वास्थ्य सामाग्रीहरु पठाउने लक्ष्य राखिएको थियो ।


डोटीको दानकोट स्वास्थ्य चौकीमा कोराना चेकजाँच तथा रोकथामका स्वास्थ्य सामाग्री पुगे
डोटीको दानकोट स्वास्थ्य चौकीमा कोराना चेकजाँच तथा रोकथामका स्वास्थ्य सामाग्री पुगे
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

