धनगढी। कैलाली उद्योग बाणिज्य संघद्धारा हालै सुरुवा भई सुदुरपश्चिममा आएका डिआईजी कडेल र कैलालीमा आएका एसपी अधिकारीलाई स्वागत गरिएको छ। कैलाली उद्योग बाणिज्य संघ कैलालीले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआईजी) पुरुषोत्तम कडेल र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख (एसपी) विश्व अधिकारीलाई स्वागत तथा भेटघाट कार्यक्रम गरिएको हो। कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले डिआईजी कडेल र एसपी अधिकारीलाई खादा ओडाएर उद्योग बाणिज्य संघको सभाहलमा स्वागत गर्दै कार्यकाल सफलताको शुभकामनाको ब्यक्त गरेका हुन्। कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको सभापतित्वमा भएको कार्यक्रममा डिआईजी कडेल, एसपी अधिकारी, सशस्त्र प्रहरी गणका प्रमुख राजेन्द्र बाबु रेग्मी, वरिष्ठ प्रहरी उपरिक्षक जनकराज पाण्डेलाई सुदूरपश्चिमका पर्यटकीय क्षेत्रका तस्वीर हस्तान्तरण गरि स्वागत गरिएको थियो।
कार्यक्रममा बिभिन्न अतिथि, कार्यसमिती परिवार,सल्लाहकार, बस्तुगत संघ ,सामाजिक संघ सस्थाका प्रतिनिधि तथा पत्रकार सहभागिता रहेको थियो।