बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका १ सतबाँझ खोलाबाट पानी भरेर ल्याउने क्रममा से १ ज ३७० नम्बरको जिप मंगलबार साँझ ६ बजेतिर दुर्घटनामा परेको हो । जिप दुर्घटनामा परी दशरथचन्द नगरपालिका १ का २० बर्षीय पुस्कर भाट र सोही ठाउँका ३८ बर्षीय हरिश टेर समान्य घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । जिप सडकबाट करीब १५ /२० मिटर तल खसेको छ । कच्ची सडकमा जिप अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । जिपमा भने क्षति पुगेको बताइएको छ ।
बैतडीमा जिप दुर्घटना हुँदा दुईजना घाइते
बैतडीमा जिप दुर्घटना हुँदा दुईजना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

