धनगढी : आज देशभर बृक्षारोपण दिवश मनाइएको छ । वातावरणलाई स्वच्छ राख्दै बन जंगलको समेत संरक्षण गर्नुपर्ने सन्देश दिदै उच्च ओहदामा बसेका ब्यक्तीहरुले बिभिन्न क्षेत्रमा बिरुवा रोप्दै दिवश मनाएका छन् । सुदूरपश्चिममापनि प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री मान बहादूर धामीले कञ्चानपुरको पुनर्वासमा बिजयसालका बोट रोपेर वातावरण दिवश मनाएका छन् । बोट रोपेर मात्रै बन नजोगिने भन्दै कार्यक्रमका सहभागीहरुले बन जोगाउन सरकारी निति परिवर्तन संगै समुदायको भुमिका उल्लेख्य रहेको दावी गरेका छन् ।
हरियो बन नेपालको धन भन्ने नारानै छ । यही नारालाई लिएर बर्षै प्रत्येक बृक्षारोपण दिवश मनाएर असार महिनाबाट बृक्षारोपणको शुरुवात गरिन्छ । हरेक नागरिकले बृक्षारोपण गरेर बन जंगल जोगाउनुका साथै वातावरणलाई स्वच्छ राख्नमा योगदान दिनुपर्ने राजनितिक कर्मीहरुको जोड छ । बृक्षारोपणकै अवशरमा कञ्चनपुरको पुनर्वास नगरपालिका ११ शिद्धदेवी सामुदायीक बनमा बृहत बृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । सब डिभिजन बन कार्यालय पचकडियाको आयोजनामा भएको कृक्षारोपण कार्यक्रममा प्रदेशको उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री मान बहादूर धामी, प्रदेशसभा सदस्य, मन्त्रालयका सचिव तथा स्थानिय तहका प्रमुखहरुको सहभागिता थियो । एक दिने बृक्षारोपणलेनै बन जोगिन्छ भन्ने भन्दापनि प्रदेशबासीलाई शन्देस दिनका लागी आयोजना गरिएको जनाइएको छ । आज मात्रै ६ सय बिजयसालका बोट रोपेको सो बनमा २ हजार बोट रोप्ने योजना रहेको सब डिभिजन बन कार्यालय पचकडियाका प्रमुख दिनेश यादवले बताए ।
लालझाडी क्षेत्रका स्थानिय तहलेपनि बन जोगाउँदै जंगली जनावरको आतंक कम हुने किसिमका बिकास गर्नुपर्नेमा जोड दिएका थिए । भारतिय दुधुवा राष्टिय निकुन्जबाट आउने जनावरबाट समेत जनधनको क्षती भइरहेकाले यसको ब्यवस्थापनमा सरकार केन्द्रित हुनुपर्ने उनिहरुको भनाई थियो । साथै बनलाई जोगाउँदै आर्थिक उपार्जन हुने किसिमका कार्यक्रम ल्याउनुपर्नेमा स्थानिय प्रतिनिधीको जोड छ ।
वातावरणको प्रदुशणले बिश्वलाइनै खतरामा पारेको भन्दै उधोग पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले वातावरण संरक्षणका लागी बृक्षारोपण अभियान थालिएको बताए । नेपालको वनले अन्य राष्टहरुलाई समेत फाइदा पुगेको उनले बताएका छन् ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य महेस जोशीले बनलाई जोगाउँदै लालझाडी बन क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा बिकास गर्नुपर्नेमा जोड दिए । भारतको दुधुवा राष्टिय निकुन्जसंगै जोडिएको लालझाडी क्षेत्रमा गैँडा चितुवा लगायतका जनावतको आवतजावत समेत हुने बताउँदै जोशीले बन संरक्षण संगै पर्यटन प्रबद्र्धनमा समेत यस क्षेत्रको महत्वपुर्ण योगदान हुने दावी गरे ।
उधोग पर्यटन बन तथा वातावरण मन्त्री मान बहादूर धामीले बन उपभोक्ता समितिले बन संरक्षणमा योगदान गरेको भन्दै प्रशंसा गरे । धामीले नेपालको सबैभन्दा बढी बन क्षेत्र भएको प्रदेश सुदूरपश्चिम भएकाले यो प्रदेश धेरै स्वच्छ रहेको दावी गरे । बाहिरको प्रदुशणलाई नियन्त्रणमा समेत यहाँको बनले योगदनन पु¥याएको दावी गर्दै उनले बिश्वको वातावरणमा भुमिका खेले अनुसार नेपालले उपलब्धी पाउनुपर्ने बताए । यस संगै वातावरणलाई जोगाएर यहाँको जनतालाई उत्पादनसंग जोड्ने गरी निति बनाउने तर्फ ध्यान केन्द्रित हुने मन्त्री धामीको भनाई छ ।