धनगढी : दोश्रो चरणको कोरोना कहर संगै गौरिफन्टा नाकामा निशुल्क खाना अभियान सञ्चालन गरेको रोयल कोलाबारेटिभले ४२ दिनमा २४ हजार बढी खाना वितरण गरेको जनाएको छ । कोभिडको संक्रमण दर घटेसंगै निशेधाज्ञा खुकुलो हुँदै गएपछि खाना अभियानलाई स्थगित गर्ने क्रममा पत्रकारहरुसंग कुरा गर्दै कोल्याबोरेटिभका कोल्यावरेटिभ्सका सदस्य देवेन्द्र जोशीले ४२ दिनमा सो खाना वितरण गरेको बताएका छन् । धनगढी उप महानगरपालिका तथा रेडक्रस सोसाइटि कैलालीको सहकार्यमा सञ्चालन गरेको निशुल्क खाना अभियानबाट भारतबाट स्वदेश फर्किरहेका नेपाली नागरिकलाई निकै राहत पुगेको थियो । भोकभोकै भारतबाट स्वदेश फर्केका नागरिकहरुले नाकामा पुगेर पानीसम्म नपाउने अवस्था थियो । रोयल कोल्याबोरेटिभले सञ्चालन गरेको निशुल्क खाना अभियानमा दैनिक ५ देखी ७ सय प्लेटसम्म खाना वितरण गरेको सदस्य जोशीले बताए ।
‘एक महिना देखि १७÷१८ जनाको युवा टिम घर भन्दा वाहिर बसेर निशुल्क खाना खुवाएका छौँ’, कोल्यावरेटिभका अध्यक्ष गजेन्दै शाहीले भने । ‘निषेधाज्ञामा सबै तिर बन्द भएपछि विभिन्न संघ संस्थाहरुको सहकार्यमा खाना खुवाईको हो ।’ यसले गर्दा भारतमा आउने र जानेहरु भोक नबस्नु परेको उनले बताए ।
साथै कोभिडसंगै अन्य बिरामीलाई अस्पतालसम्म पुर्याउने निशुल्क अटो एम्बुलेन्स सेवा,निशुल्क अक्सिजन सिलीण्डरको ब्यवस्था रोयल कोल्याबोरेटिभले मिलाएको थियो । जस्का लागी १८ जना स्वयमसेवक खटिएको शाहीले बताए । देश तथा बिदेशमा रहेका दाताबाट प्राप्त सहयोगबाट निशुल्क खानापानी अभियानले नाकासंगै सेती अस्पतालका कोभिड अस्पतालका बिरामी तथा कुरुवालाई खाना पानीको ब्यवस्था गरिएको हो । यस्का अतिरिक्त रगत संकलन तथा बितरण, औषधी घरदैलोसम्म पु¥याउने सेवा कोभिड सम्बन्धि स्वास्थ्य परामर्श तथा सल्लाह लगायतका सुबिधा प्रदान गर्नमा रोयल कोल्याबोरेटिभ सक्रिय थियो ।
निशुल्क खाना अभियान स्थगित कार्यक्रमम सहभागी भएका धनगढी उप महानगरपालिकाका मेयर नृप बहादूर वडले रोयल कोल्याबोरेटिभको टिमलाई धन्यबाद दिए । यस्तो बिषम परिस्थितीमापनि आफ्नो भन्दा समस्यामा परेका बर्गलाई ख्याल गर्दै पुण्य काम गरेको भन्दै टिमलाई मेयर वडले धन्यबाद दिएका हुन् । खाना खुवाउने अभियानमा धनगढी उप महानगरपालिकाको साथ थियो यस संगै अन्य अभियानमापनि उप महानगरको सहयोग रहने उनले प्रतिबद्धता ब्यक्त गरे ।