धनगढी : मुलुकका बिभिन्न जिल्लामा बिपदले जनधनको क्षती गरिरहँदा सुदूरपश्चिम सरकारपनि बिपदको पुर्व तयारीमा जुटेको छ । बाढी पहिरोको उच्च जोखिममा रहेको सुदूरपश्चिममा बिगतका बर्षहरुमा धेरै क्षती भएको थियो । बिगतझैँ बिपदबाट क्षती ब्यहोर्न नपरोस भन्दै सुदूरपश्चिम प्रदेश सरकारले बिपद पुर्ब सतर्कता संगै बिपदपछि उद्धार र राहतका लागी आजैबाट तयारी थालेको हो । प्रदेशसंग भएको आवश्यक समान तयारी अवस्थामा राख्ने र अपुग समान संघ सरकारसंग माग गर्ने प्रदेशले तयारी गरेको छ । सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुर बाढी तथा डुवान प्रभावित जिल्ला हुन् । यी जिल्लाहरुमा बर्षेनी बाढीबाट जनधनको क्षती हुने गरेको छ । यस संगै पहाडी ७ जिल्ला पहिरोको जोखिममा रहेका जिल्ला हुन् । बर्षासंगै देशका बिभिन्न ठाउँमा बाढी पहिरोले क्षती गरिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले बिपद पुर्व तयारी थालेको हो ।
बिपदलाई रोक्नै नसकेपनि चाँडो उद्धार र राहत उपलब्ध गराएर सकेसम्म क्षती कम हुने गरी प्रदेश सरकारले तयारी थालेको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले बिपदबाट क्षती हुन नदिनका लागी आवश्यक काम थालेको बताएकी छिन् । प्रदेशसंग भएका आवश्यक सामग्री बारे उनले गोदाममै गएर जानकारी लिएकि छिन् । बिपदपछि उद्धारका लागी केही सामग्री तयारी अवस्थामा छन् । मन्त्री जोशीका अनुसार थप सामग्री प्रदेश सरकारले ब्यवस्थापन गर्ने र संघ सरकारलाई थप सामग्री संगै प्रदेशमै रहने गरी हेलिकोप्टरको ब्यवस्थापन गर्न माग गरिएको छ ।
आज मात्रै जिल्ला प्रशासन कार्यालय कैलालीमै पगी आवश्यक सामग्रीबारे प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालबाट मन्त्री जोशीले जानकारी लिएकी छिन् । जिल्लामा बिपद पुर्व तयारी, आवश्यक पर्ने उद्धार तथा राहत सामग्री बारे मन्त्री जोशीले प्रमुख जिल्ला अधिकारीबाट जानकारी लिएकि हुन् । उनले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै गोदामको अनुगमन गरी बिपद पछि आवश्यक पर्ने सामग्री बारेपनि जानकारी लिएकि हुन् ।
हामीले आज हामीसंग भएको समान के कस्तो कति छ भनेर अनुगमन गरेका हौँ मन्त्री जोशीले भनिन् ‘त्रिपालहरु, कपडाहरु यहाँ गोदाममा पर्याप्त छन् अन्य समान के कति छ जानकारी लिएकी छु अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबाटपनि मैले तथ्याकं लिएकि छु ।’ मुख्यमन्त्री ज्यु सहितको बैठकमा त्योपनि प्रस्तुत भइसकेको छ उनले भनिन् ‘्देशबट सम्भव हुने काम प्रदेशले तत्काल तयारी गर्ने र संघबाट माग गर्नुपर्ने सामग्री माग गर्ने निर्णय भएको छ । हामीले त गृह मन्त्रालयलाई सुदूरपश्चिममै रहने गरी हेलिकोप्टरको ब्यवस्थ ागर्नपनि माग गरेका छौँ ।’ प्रदेश सरकार बिपदको पुर्ब तयारीमा सक्रियताका साथ लागेको मन्त्री जोशीले बताइन् ।
बाढी तथा डुवानका हिसाबले निकै जोखिममा रहेको कैलाली जिल्लाको पुर्वी क्षेत्र सधैँ डुवान पर्ने गर्छ । डुवानपछि चाँडो भन्दा चाँडो उद्धार गरी उनिहरुको ब्यवस्थापनका लागी जिल्लालेपनि तयारी थालेको छ । उद्धारमा सहज होस भन्नका लागी ड्रोन क्यामेराको समेत ब्यवस्थापन गर्ने तयारी थालेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताएका छन् । बिपदबाट जनधनको क्षती हुन नदिन आवश्यक काम जिल्लाले गरिरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
बिपद पुर्व तयारी संगै बिपद आइसकेपछि ब्यवस्थापनका लागी समेत जिल्ला र प्रदेशले तयारी थालिरहेका हुन् ।