धनगढी। प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरुले डडेलधुराको जोगवुढामा स्वास्थ्यकर्मी अस्मिता धामीका हत्यारा पत्ता लगाइ कार्वाही गर्न माग गरेका छन्।स्वास्थ्य सामाग्री बोकेर आफ्नो परिभाषित काममा गइरहेकी धामीको हत्यारा जो सुकै भए पनि कानुनको दायरामा ल्याउन प्रदेश सभा सदस्यहरुले आग्रह गरेका थिए ।
प्रदेश सभा सदस्य कुन्ती जोशीले हत्यारा पत्ता लगाइ हदैसम्मको कार्वाही गर्न माग गरिन । उनले धामीका परिवारलाई क्षतिपूर्ति र दुईवटा नावालक सन्तानको लालनपालनमा समेत ध्यान दिन प्रदेश र संघ सरकारलाई आग्रह गरिन् । स्वास्थ्यकर्मी धामीका हत्यारा पत्ता लगाउन आवश्यक पहल लिनका लागि प्रदेश सभा सदस्यहरु पठानसिंह बोहरा, भरत खड्का र गोविन्द बोहराले पनि आग्रह गरेका थिए । असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव शनिबार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो ।