धनगढी । कृष्णपुरका नगरप्रमुख हमाललाई लुकेर नबस्न र मिडिया बयान दिन होटल सञ्चालकको खुल्ला चुनौती दिइएको छ । कृष्णपुर नगरपालीकाका मेयर कर्ण बहादुर हमालले गौरव होटलका सँचालकलाई रक्सि नदिएको भन्दै धम्किपछि गुमनाम जस्तै बनेका हमाललाई होटल परिवारले चुनौती दिएका हुन् ।
होटलका संचालक विष्णुदेव गिरिकी छोरी कृतिमा गिरीले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन् । मेरो गल्ती छैन् भन्दै आफु राम्रो बन्न खाज्दै हुनुहुन्छ रे मेयर सायब । गल्ती नभएको भए यतीका दिनसम्म लुकेर किन बस्नु भयो ? आउनुहोस बाहिर निस्कीनुस, दिनुहोस मिडिया समक्ष बयान र मेरो घरमा सुराकि पठाउनु भन्दा प्रत्यक्ष भेटेर कुरा गर्नुस हिम्मत छ ? यदि हजुरलाई जनताले आफुनो एउटा एउटा दुःख पसिनाले कमाएको भोट दिएरै जिताएकै हो भने आउनुस म सँग प्रत्युक्ष कुरा गर्न हिम्मत छ ? भनेर लेखेकी छिन् ।
कृष्णपुर नगरपालीकाका मेयर कर्ण बहादुर हमालले गौरव होटलका सँचालक तथा परिवारलाई ज्यान मार्ने धम्कि दिएका थिए। बुधबार राती १० बजेर १० मिनेटमा गौरब होटलका सँचालकलाई मलाई रक्सि चाह्यो, मलाई कोठा चाह्यो भन्दै होटलमा गएका थिए । होटलका संचालक विष्णुदेव गिरिकी छोरी कृतिमा गिरिका अनुसार नगरप्रमुख हमाल सहितका ४ जनाको समुह रातिको समयमा सरकारी गाडीमा आएर आफ्नो बन्द रहेको होटललाई खुलाएर रक्सी र कोठा चाहियो भन्दै बारम्बार दवाव दिइरहेका थिए ।

