धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका नौवटै जिल्लामा ‘मेड इन सुदूरपश्चिम’ नीति कार्यान्वयन गर्ने भएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।
मन्त्री मल्लका अनुसार स्थानीयस्तरमा उत्पादित कृषि उपजको प्रवर्द्धन गर्न ‘सुदूर कोशेली’ नामबाट ब्रान्डिङ गरिनेछ। यस कार्यक्रमका लागि सरकारले एक करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।


