धनगढी। जबरजस्तीकरणी उद्योग मुद्दामा धनगढीका एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१ शिवनगरका बबी सोडारीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। उनी विरुद्ध एक युवतीले करिब एक वर्षअघि दिएको जाहेरीका आधारमा मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोडारी लामो समयदेखि फरार सूचीमा थिए। धनगढीस्थित आफ्नै घरमा आएको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सोडारीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोडारी सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीका छोरा हुन्।


