कञ्चनपुर : महाकाली सिंचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको अध्यक्षमा गंगा भट्ट निर्वाचित भएका छन् ।कञ्चनपुरस्थित रहेको महाकाली सिंचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको अध्यक्षमा गंगा भट्ट निर्वाचित भएका हुन् । शनिबार सम्पन्न भएको मतदान अनुरुप भट्टले आफ्ना प्रत्यासी भीम बहादुर थापालाई २मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन् । भट्टले ६८ र थापाले ६६मत ल्याएका थिए । यस्तै उपाध्यक्षतर्फ यज्ञराज भट्ट नै निर्वाचित भएका छन् । भट्टले आफ्ना प्रतिस्पर्धी दिल बहादुर कुवरलाई १८मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका हुन् । भट्टले ७५ र कुँवरले ५७ मत ल्याएका थिए ।
यसअघि जल उपभोक्ता संघ प्रथम चरणको नेतृत्व गरिसकेका भट्ट र हाल केन्द्रीय अध्यक्षमै रहेका थापाबिच केन्द्रीय अध्यक्षका लागि चुनाव प्रतिस्पर्धा भएको थियो । यसअघि अन्य पदाधिकारी र सदस्य पदमा निर्विरोध निर्वाचित भएका थिए। महासचिव अशोक सिह साउद, सचिव गोपाल सिह कुँवर, कोषाध्यक्ष दिलिप बढाऐरसहितका सदस्य निर्बिरोध निर्वाचित भएका छन्। एक सय ३४ मतदाताले अध्यक्ष र उपाध्यक्षमा मात्रै चुनाव भएकोे थियो ।
केन्द्रीय अध्यक्षमा निर्वाचित गंगादत्त भट्टले समग्र सिंचाई प्रणाली सुधार गर्दै किसानको खेतसम्मै पानी पुर्याउने बताएका छन् । भट्टले कृर्षिमा आत्मनिर्भरका लागि सिंचाई महत्वपूर्ण भएकाले समयमै शिघ्र सिंचाईका कार्यक्रम अघि बढाउने एजेण्डा बोकेका छन्।


