धनगढी । कञ्चनपुरमा अचेत अवस्थामा फेला परेका युवकको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–२ बङ्कका २७ वर्षीय महेश धामीको उपचारका क्रममा मृत्यु भएको हो। आइतबार राति सडक किनारमा उनी अचेत अवस्थामा भेटिएका थिए। उनलाई स्थानीयले उद्धार गरी बेलडाडीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याएका थिए।
स्वास्थ्य अवस्था गम्भीर देखिएपछि उनलाई सोमबार बिहान थप उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको थियो। अस्पतालमा उपचार भइरहेका बेला धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव हाल महाकाली प्रादेशिक अस्पतालमै राखिएको छ। पोस्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

