धनगढी । कैलालीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। गौरीगङ्गा नगरपालिका–६ बनबेहडाकी पार्वती साउदको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रवार ४ः४५ बजे घाँस काट्न गौरीगङ्गा–६ स्थित बारवन सामुदायिक वनतर्फ गएकी थिइन्। साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा उनी रुखबाट लडेर मृत्यु भएको अवस्थामा शनिवार बिहान मृत अवस्था फेला परेकी थिइन्।घटना बारे सोही वडा वडा अध्यक्षले प्रहरीलाई खबर गरेका थिए। घटना थप अनुसन्धान जारी छ।

