धनगढी: नेपाली कांग्रेस गोदावरी नगर उप सभापतिमा धन बहादुर (हेमराज) ढुगांना खत्री निर्वाचित भएका छन् । कांग्रेसको १५औ महाधिवेशन अन्तरगत बिहिबार भएको नगर अधिवेशनबाटउनि निर्विरोध निर्वाचित भएका हुन् ।
नगर सभापतिमा रविन्द्र शाही (गुड्डु) सभापतिमा निर्बिरोध निर्वाचित भएका थिए । अधिवेशनबाट उनको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको महिला उपसभापतिमा धन बहादुर र मिना जोशी, सचिवमा बम बहादुर बोगटी र सहसचिवमा नवराज ओझा निर्विरोध निर्वाचित भएका छन् । समितिमा युवा महिला सदस्यमा सावित्रा भट्ट, युवा खुल्ला सदस्यमा गोपाल प्रसाद चौधरी र शान परियार, दलित महिला सदस्यमा देवी कामी तथा दलित खुल्ला सदस्यमा रमेश बहादुर बि।क निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै वडा नं. ९ बाट एक जना र अन्य सबै वडाबाट २/२ जना गरी २३ जना सदस्यहरु पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनले २ जनालाई जिल्ला सदस्यका रुपमा निर्वाचित गरेको छ । जसमा खुल्ला सदस्यका रुपमा शिवराज जोशी र महिला सदस्यका रुपमा जानकी पाठक रहेका छन् ।

